

२ अर्ब ५० करोड चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंक सामाजिक उत्तरदायित्वको काममा आक्रमकरुपमा अगाडि बढेको देखिन्छ ।
नयाँ व्यवस्थापन टिमबाट अगाडी बढेको यस बैंकमा विभिन्न वाणिज्य बैंकबाट उच्च कर्मचारी आएका छन् । डिपुटी सीइओ माछापुच्छ्रे बैंकबाट आएका छन् ।
अन्य कर्मचारीहरु एनआईसी एशिया लगायतबाट उच्च सोचका साथ आएको भेटिएको बैंकले हालै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा–२ अर्चलबोट स्थित ‘अर्चलबोट आमा समूह’लाई एक कार्यक्रमका बीच डस्ट्विन लगायतका सरसफाइका सामग्री उपलब्ध गराएको छ ।
पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोह बीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वास लिएको सञ्चालक सदस्य चतुराखर अधिकारीेले बताए । बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदान गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा समेत जानकारी गराएका थिए ।
पछिल्लो समय बैंक बजार विस्तार र लगानी विस्तारमा आक्रमकरुपमा अगाडी आएको छ । कामना र सेवा विकास बैंक मिली बनेको कामना सेवा विकास बैंकले सीइओ खोजिरहेको एक सञ्चालकले राजतिलक साप्ताहिकसँग बताए ।