जोडिनुहोस
बुधबार, अशोज २३, २०८१
बुधबार, अशोज २३, २०८१
  • होमपेज
  • ८ अर्बको सीइओ भन्दा १६ अर्बको डिपुटी सीइओ हुनुराम्रो हुन्छ

८ अर्बको सीइओ भन्दा १६ अर्बको डिपुटी सीइओ हुनुराम्रो हुन्छ

पछिल्लो समय बजारमा बिग मर्जको कुरा आयो । यो साच्चै आवश्यक थियो ?
हाम्रो देशमा २८ वटा कर्मशियल बैंक र जनसंख्या करिब २ करोड ८०÷९० लाख छन् । त्यस हिसाबले करिब १० लाख जनताको लागि एउटा वाणिज्य बैंक छ । हामी भन्दा १० गुणा ठुलो छ बंगलादेश । बंगलादेशमा प्रति वाणिज्य बैंक ३० लाख जनताको सेवा गर्छन् । उनीहरुकोमा ३० लाख हामीहरुकोमा १० लाख । पाकिस्तानमा प्रति बैंक ४४ लाख छ । भारतमा १ करोड ६० लाख जनताको लागि एउटा बैंक छ ।

भारतको हिसाबले हेर्ने हो भने त नेपालमा जम्मा दुईवटा बैंक भए पुग्छ । तर पनि १० लाख जनताको लागि १ बैंक धेरैनै भएको हो । राष्ट्रियस्तरको विकास बैंक पनि मिसाउने हो भने सात लाख ४३ हजार जनताको लागि एउटा बैंक हुन्छ । अब शाखाको हिसाबले कुरा गर्नुहुन्छ भने हाम्रोमा प्रति एक लाख जनताको लागि १६ वटा शाखा (क, ख र ग बैंक तथा वित्तिय संस्था) छ हाम्रो देशमा गत वर्षको चैत्रको डाटा अनुसार । यो साउथ एसियामा राम्रो नम्बर हो । तर १ लाख जनताको लागि १६ वटा शाखा भन्दा हाम्रो वित्तिय पहँच त निकै राम्रो भएको रहेछ भनेर धेरै उत्साहित हुनु जरुरी छैन ।

किनभने यो १६ वटा कसरी भयो भने २८ वटा कर्मशियल बैंकको शाखा र ११ वटा राष्ट्रिय स्तरको विकास बैंकको शाखा समेत गरेर काठमाडौको न्यूरोडमा मात्रै ३९ वटा शाखा भए, पोखरा, बुटवल, बीरगंज, विराटनगर जस्ता नेपालका जतिपनि ठूला ठूला शहरहरु छन् । यि सबैमा पनि त्यस्तै प्रकारको शाखा भएर यो १६ वटा पुगेको हो । जनता बैंकको हिसाबले भन्नु हुन्छ भने म जताजतै जान चाहन्छु । पूर्व मेची देखि पश्चिम महाकालीसम्म हिमालदेखि तराईसम्म जताततै अव आउने ५÷७ वर्षमा जान चाहान्छु । अब म मात्रै नभएर अरु बैंक तथा वित्तिय संस्थाहरुले पनि त यो योजना बनाएका होलान । त्यस्तै खालको रणनीति बनाएका होलान् । यसरीनै जाने हो भनेदेखि त शाखाहरु त बढ्दै जाने भए । गएको ५ वर्षमा वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो वाणिज्य बैंकहरुको शाखा दोब्बर भएको छ । असार २०७१ मा १५४७ शाखा थिए भने अहिले चैत्र २०७५ मा आउँदा यसको संख्या बढेर ३३०९ पुगेको छ । डबल भन्दा बढि भएको छ । ए, वि, सि तिनवटैको हिसाब गरेर भन्ने हो भने २६०० बाट ४७३६ भएको छ ।

शाखाहरु बढ्दै गएको छ । असारमा ३०२३ थिए भने चैत्रमा आउँदा ३३०९ भएको छ । असारमा आउँदा यो नम्बर अझ थपिने छ । अघिल्लो आर्थिक वर्ष त्यो भन्दा अगाडी २०७४ मा २२७४ शाखा थिए भने कर्मशियल बैंकको अहिलेको वर्षमा ३०२३ रहेको छ । झण्डै झण्डै ८०० शाखाहरु थपिएका छन् । त्यसकारणले गर्दा हरेक वर्ष ७÷८ सय शाखा थपिदै जाने हो भने हामीले के प्राप्त गछौं ? यसले गर्दा रिक्स मात्रै बढ्ने हो । अनुभवि कर्मचारीको खाँचो छ । एउटा बैंकबाट अर्को बैंकमा गएको छ । अर्को बैंकबाट अर्को बैंकमा गएको छ । अनुभव कम छ । पद चाहि उसले ठूलो लिईरहेको छ । यसले गर्दा हाम्रो अप्रेशन रिक्स बढ्दै गईरहेको छ । यि विभिन्न कारणहरुले गर्दा खेरी यो मर्जर हुन जुरुरी छ भन्ने हाम्रो बैंकलाई लागेको हो ।

बिग मर्जर वा फोर्सफूल मर्ज अथवा २० अर्ब पूँजी पु¥याउ त्यसमा राईट शेयर दिन पाउँदैनौ भन्दै गर्दा अहिले बैंकहरुमा आएको तलरता अभाव र तपाईले भने जस्तो दक्ष कर्मचारीका अभाव नहोला भन्न सकिन्न त्यहाँ पनि हुन्छ त रिक्स होइन र ?
पक्कै पनि यो कर्मचारीहरुको तानातान जुन अस्वस्थ प्रतिस्पर्धा कर्मचारीहरुकै कुरा गर्नुस् अथवा डिपोजिट, कर्जाकै कुरा गर्नुस् । यसमा साच्चै नै सुधार त पक्कै हुनेछ । तर, सबै समस्याको समाधान मर्जर पनि होइन । यसले वित्तिय क्षेत्रलाई सुदृढीकरण गर्नलाई, लागतहरु घटाउनको लागि यसले पक्कै सहयोग गर्छ र यो भोली नै हुने पनि होइन एक वर्ष डेढ वर्ष समय लाग्छ ।

सिसिडि रेसियो र तरलता अभावको समस्या छन् यसलाई मर्जरले सहयोग गर्ला त ?
तरलता अभावको समस्या मर्जरले समाधान गर्ने होइन । समस्या यो अर्को हो मर्जर उपाय अर्कौ हो । किन हाम्रो सिसिडि रेसियो टाईट भईराखेको छ ? ब्याजदर किन बढिरहेको छ भन्दा राजनीतिक स्थिरताको कारण कर्जाको माग बढेको छ । तर, त्यो अनुसारको डिपोजिट बढ्न सकेको छैन । यो राम्रो खालको च्यालेन्ज हो । यसलाई राम्रो खालको समस्या भन्नुहोस् । विगतमा डिपोजिट बढ्थ्यो । कर्जा लिने मानिस हुदैनथे । पैसा फालाफाल हुन्थ्यो । ब्याजदर घट्थ्यो । २ प्रतिशत बचत ब्याजदर थियो । १० प्रतिशत मुद्रा स्फिति कर्जा व्याजदर थियो । त्यो राम्रो पक्ष होइन ।

अहिले यो समस्या होइन यसलाई चुनौती भन्नुपर्छ । यो बढेको कर्जा मागलाई कसरी पुरा गर्ने । यसको लागि हामी सबै सरकार, राष्ट्रबैंक, बैंक, लगायत प्राइभेट सेक्टर सबैले काम गर्नुपर्छ । जसको लागि राष्ट्र बैंकले पुर्नकर्जाको रकम बढाएको छ । हामीहरुले यसलाई अझ बढाउन पर्छ, भनेर सुझाव दिइरहेको छौं । विदेशबाट लोन ल्याउने बाटो खोलिदिएको छ । अब प्राइभेट सेक्टरले पनि कारोबार गर्ने भन्ने वित्तिकै कर्जा लिनुपर्छ र कर्जा भन्ने वित्तिकै बैंकमै भर पर्ने होइन । अब प्राइभेट सेक्टरले बिस्तारै बिस्तारै इक्यूटी पनि ऋण पनि अब सिधै पुँजी बजारबाट लिने गर्नुप¥यो । बैंकको मात्र भर परेर भएन । यदि बैंकले दिएन भने पुँजी बजारबाट लिन सक्ने क्षमता बनाउनु प¥यो ।

पछिल्लो बजेटमा निश्चित टनओभर भएका कम्पनीहरु स्टक मार्केटमा गएर लिस्टङ्ग हुनुपर्छ भनेर आईसकेको छ । प्रक्रिया पनि सुरुभईसकेको छ । यसबाट निजी क्षेत्रले पुँजी बजार र बैंक दुबैबाट ऋण उठाउने अवसर पाउछन् । कहिलेकाँही हामीहरुले देखेका छौं । अन्य देशमा पुँजी बजारमा कम्पनीहरुले जारी गरेको बण्ड बैंकहरुले खरिद गरेका छन् । यो एक रातमा हुने काम होइन । यसलाई समय पनि लाग्छ । जब जब हाम्रो अर्थव्यवस्था र पुँजी बजार म्याच्योर हुँदै जान्छ । यसका पात्रहरु पनि म्याच्योर हुँदै जानेछन् । अरु देशको अर्थतन्त्रमा भएको छ भने हाम्रो देशको अर्थतन्त्रमा पनि होला ।

यति धेरै उद्योगधन्दाहरु खुले । कर्जाको माग बढेको छ । धेरै बैंकहरु हुँदा त छानी छानी कर्जा लिन पाइन्थ्यो होला । तर, अब बैंकहरु कम भएपछि बैंकहरुको एकाधिकार त हुने होइन सीइओ साब ?
यसमा सरकार र राष्ट्र बैंक सजक देखिन्छ । वित्तिय सुदृढिकरणको नाममा एकदमै कम बैंक बनाएर प्रतिस्पर्धा नै नहुने बातावरण हुनु हुँदैन भन्नेमा सरकार र राष्ट्र बैंक एकदमै सजक भएको देखिन्छ । कतिपय विज्ञहरुले हाम्रो देशमा १०÷१२ वटा भन्दा बढि बैंक चाहिँदैन भन्ने कुराहरु राखेका छन् । त्यो भनेको अहिलेको ठिक आधा हो । यस विषयमा हामी भन्दा सरकार र राष्ट्र बैंक धेरै विज्ञ हुनुहुनछ । उहाँहरुले यस विषयमा पहिल्यै नै सोचेको हुनुपर्छ । मलाई लाग्छ उहाँहरुले प्रतिस्पर्धा नै नहुने वातावरण सृजना गर्नु हुने छैन ।

मर्जरले उच्च तहका धेरै कर्मचारीहरुको रोजीरोटी नै खोसिएला जस्तो देखिन्छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?
सानो तहका कर्मचारीहरुलाई कुनै समस्या हुँदैन । माथिल्लो तहका कर्मचारी खासगरी सीइओहरुलाई केही फरक पर्नसक्छ । म चाहिँ सीइओ साथीभाईहरुलाई के भन्न चाहन्छु भने यसलाई इगो इस्यु नबनाऔं । दुईवटा बैंकमा दुई वटा सीइओ हुन्छ भने मर्जर भएपछि एउटा सीइओ अर्को सिनियर डेपुटी सीइओ अथवा डेपुटी सीइओ भएर गरौं, यसलाई इगो इस्यु नबनाउँ । ८ अर्बको बैंकको सीइओ हुनु र १६ अर्बको बैंकको डिपुटी सीइओ हुनु उस्तै हो ।

ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मर्जर भएपछि कर्मचारीको संख्या करिब ३१÷३२ सय पुग्लान । कसरी अगाडी बढाउनुहुन्छ ?
हाम्रो दुईवटा बैंकको कुरा गर्नुहुन्छ भने हामी दुबै बैंक सबैकुरामा एकदमै चलक छौं । जसले गर्दा हाम्रो यो मर्जरको सहमति एकदमै छिटो सम्भव भएको हो । हामी ठूलो काम गदैछौ भने सानो काममा अलमलिनु हुँदैन । साना तिना समस्याहरु आउछन् भनेर नै व्यवस्थापन चाहिएको हो । त्यसकारण हामीहरु सानो कुराहरुलाई व्यवस्थापन गर्दै जाने हो । अझ इगो जस्तो चिजलाई अगाडी ल्याउनै हुँदैन । हामी लचक भएर अगाडि बढ्नपर्छ । यो बैंकिङ्ग सेक्टरमा मात्रै होइन हरेक क्षेत्रमा यही हुनुपर्छ । जहाँसम्म कर्मचारीहरुको कुरा छ । त्यसमा कुनै पनि समस्या हुनेछैन । दुबै बैंकहरु वाणिज्य बैंक भएका र मर्जरमा राम्रो अनुभव भएकाले कुनै पनि क्षेत्रमा खासै फरक पर्नेछैन ।

मौद्रिक नीतिमा संचालकको उमेर हदको कुरा आउने संकेत देखिन्छ । अर्को कुरा ग्रुपहरुको बैंकमा कर्पोरेट सुसाशनको कुरा अलि फरक हुन्छ भन्ने सुनिन्छ यसलाई कसरी लिनु भएको छ ?
मेरो हिसाबले अरु देशहरुको तुलनामा हाम्रो नेपालमा संस्थागत सुसाशन धेरैनै राम्रो छ । नेपाल राष्ट्र बैंकले वित्तिय क्षेत्रमा कुनै पनि गडबड ग¥यो भने जेल पनि जाने पर्न सक्र्छ है भन्ने म्यासेज कडा रुपमा दिएको छ । कतिपय मानिसहरु जेल पनि गएका छन् । हामीसंग मेकानिजम छन् ।

आफ्नो बैंकबाट कर्जा लिनै पाइदैन । अरु कतिपय देशमा जस्तो एउटा बैंकको संचालकले अर्को बैंकबाट ऋण लिने र नतिर्ने अनि कारवाही पनि नुहने जस्तो वेतिथि हाम्रो देशमा छैन । एक वर्षसम्म कर्जा नतिरेमा अनिवार्य रुपमा ऋणीहरुलाई कालो सूचीमा दर्ता गर्नु पर्ने हुन्छ । यि सबै कारणहरुले गर्दा हामी सुध्रिढ छौं । हामीले अब केही सुध्रिन पर्दैन भन्ने चाहि होइन । केही कमी कमजोरीहरु होलान् । त्यसलाई सुधार गर्दै जाने हो । हामीहरु सिक्दै र सिकाउँदै जाने हो ।

जनता बैंकको वित्तिय अवस्था चाँही कस्तो छ नि ?
तेश्रो त्रैमासिकमा हाम्रो नाफा १ अर्ब नाघि सकेको छ । डिपोजिट र लोनमा २५÷२६ प्रतिशत ग्रोथ भएको छ । बैंकले निकै राम्रो प्रगति गरेको छ ।

ग्लोबल आईएमई बैंकसंग मर्जरको सहमतीमा सेयर रेसियो कति माग्नु भएको छ ?
हामीले मर्जरको सहमति गर्नु भन्दा अघि एक स्वतन्त्र चार्टड एकाउटेण्टबाट प्रारम्भिक मुल्याङ्कन गराएका थियौं । मोटामोटी ८५ को स्वाप रेसियोको आधारमा सम्झौता भएको छ । अब फुल अडिटले के भन्छ । यसमा १० प्रतिशतसम्मको फरक प¥यो भने यही ८५ मा नै मिल्ने समझदारी भएको छ । तर, १० प्रतिशत भन्दा फरक भयो भने डिडिए ले नै हुनेछ । अर्को महत्वपूर्ण काम सिस्टम माइग्रेसन हो ।

जनता बैंकमा फ्रेक्सक्यूव छ र ग्लोबल आईएमईमा फिनाकल कोर बैंकिङ्ग सफ्वेयर छ । फ्रेक्सक्यूवमा भएको डाटालाई फिनाकलमा सार्दैछौं । किनभने नेपालमा फेल्सक्यु युउज गर्ने जम्मा ३ वटा मात्रै छन् । फिनाकल युउज गर्ने बैंकहरु धेरै छन् । १४२ वटा शाखा र ७ लाख भन्दा बढि ग्राहक भएको डाटालाई माइग्रेट गर्ने काम अलि गाह्रो र महत्वपूर्ण काम हो । यसले अलि समय लिन्छ होला । हाम्रो कोसिश यी सबै कार्य ४ महिना भित्र पुरा गर्ने हो ।

मर्जर पछि तपाई ग्लोबल आईएमई बैंकको सीइओ बन्नुहुन्छ । तर, त्यो बैंकमा पहिला देखिनै सीइओहरुको धेरै विवादहरु आईरहेका छन् । तपाईले कसरी सम्हाल्नुहुन्छ ?
यो प्रश्नमा म धेरै टिप्पणी गर्न चाहान्न । विगतमा के भयो म त्यसमा फोकस पनि गर्दिन । हामी अगाडी हेर्दै जाने हो । म मेरो १०० प्रतिशत दिनेछु । मेरो कामबाट सबैलाई रिजाउने कोसिस गर्नेछु । म आशा गर्दछु, कि हामीहरुले सबैबाट सहयोग र साथ पाउने छौं र हामीले आँटेको काम छोटो समयमा नै प्रभावकारी रुपमा पुरा गर्न सफल हुनेछौं ।आर्थिक बजार मासिक

11340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका