जोडिनुहोस
मङ्लबार, असार २४, २०८२
मङ्लबार, असार २४, २०८२

हालको खबर

  • होमपेज
  • निर्धक्क भएर लगानी गर्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस्

निर्धक्क भएर लगानी गर्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस्

बजारमा कोरोना भाइरसको हल्लाले अस्वभाविकरुपमा निरन्तर ओरालो लागेको कारण लगानीकर्ताहरुलाई बजारप्रति विश्वासको वातावरण जगाउन निर्धक्क भएर लगानी नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । नेप्से परिसूचकमा निरन्तर देखिएको गिरावटलाई कोरोनासँग दाँजेर बजारलाई थप धरासायी बनाउने षड्यन्त्रविरुद्ध बोर्डले दोस्रो बजारमा हल्लाका पछाडि नलागी निर्धक्क लगानी गर्न आग्रह गरेको हो ।

बोर्डले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही दिनयता धितोपत्र दोस्रो बजारको कारोबार सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले दोस्रो बजार प्राकृतिक रुपमा चल्न दिनुपर्छ भन्ने मान्यता राख्दै बजारको अवस्थालाई निकै गम्भीर भई सूक्ष्म रुपले अध्ययन गरिरहेको उल्लेख गरेको छ।

पछिल्लो समय बजारलाई कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइरहेकोप्रति इंगित गर्दै बोर्डले नेपालमा कोरोनाको प्रकोप नदेखिएको र सरकारले रोकथामका लागि पूर्वसावधानीका साथ विभिन्न चालिरहेको स्पष्ट पारेको छ।

यसैबीच बजार विकासका लागि बोर्डले सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको र देशको समष्टिगत आर्थिक अवस्था तथा समग्र सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक रहेको दाबी गरेको छ। यस किसिमको सामान्य अवस्था रहँदारहँदै हतोत्साहित भई हतारहतारमा धितोपत्र बिक्रीसम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ।

धितोपत्र खरिदबिक्रीमा लगानी गर्दा लगानीकर्ताले कम्पनीका बारे विस्तृत रुपमा सुझबुझ तवरले लगानीसम्बन्धी निर्णय लिन पनि बोर्डले अनुरोध गरेको छ। बोर्डले देश र समग्र अर्थतन्त्र सामान्य रहेकाले हतार हतार सेयर बेच्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो ।

9715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका