जोडिनुहोस
बुधबार, असार ४, २०८२
बुधबार, असार ४, २०८२

हालको खबर

  • होमपेज
  • नबिल बैंकले ल्यायो तिहारमापनि सामाजिक सन्देशमुलक भिडियो

नबिल बैंकले ल्यायो तिहारमापनि सामाजिक सन्देशमुलक भिडियो

नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउ“दो सन्देशहरु दिनु पनि निकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ ।

नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेर्नुभएको छ । दशैंको भिडियोले पाएको मायाको लागि नबिल बैंक सबैलाई आभार व्यक्त गर्न चाहन्छ ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

9605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?