जोडिनुहोस
शनिबार, मंसिर २२, २०८१
शनिबार, मंसिर २२, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफकी नमिता न्यौपानेले पूरा गरिन् सन् २०२५ को एमडिआरटी लक्ष्य पूरा

सानिमा रिलायन्स लाइफकी नमिता न्यौपानेले पूरा गरिन् सन् २०२५ को एमडिआरटी लक्ष्य पूरा

सानिमा रिलायन्स लाइफबाट जीवन बीमा व्यवसाय गर्दै आएकी नमिता न्यौपानेले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी छिन् ।

नमिताले छौठैं पटक एमडिआरटीको लक्ष्य पुरा गरेकी हुन् । यसअघि सन् २०२१, २०२२ , २०२३ र २०२४ का लागि सिओटी र टिओटी समेत लक्ष्य पुरा गरिसकेकी छिन् ।

बीमा व्यवसायमै आबद्ध भएर गत वर्ष एमडिआरटीको बार्षिक बैठकमा भाग लिन सफल भएकी नमिताले सन् २०२५ को एमडिआरटी लक्ष्य पूरा गर्न सफल भएकी हुन् ।

विराटनगरमा रहेर काम गर्दै आएकी नमिता बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल नमुना एजेन्सी म्यानेजर हुन् ।

उनले व्यक्तिगत कोड तथा टिममा समेत उल्लेख्य व्यवसाय गर्दै आएकी छिन् ।

बीमा क्षेत्रमा लागेर छोटो अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएकोमा कतिपय बीमा कम्पनीहरले नुमना एजेन्सी म्यानेजरको रुपमा समेत नमितालाई लिने गर्दछन् ।

नमिताले सन् २०२५ को सुरुवातमै एमडिआरटी लक्ष्य पछ्याउन सफल भएर आफूलाई उत्कृष्ट एजेन्सी म्यानजेरको रुपमा स्थापित गर्न सफल भएकी छिन् ।
समाजसेवासँगै व्यवसायमा समेत सम्मिलित नमिता बीमा क्षेत्रमा सफल अभिकर्ता हुन्।

बीमा क्षेत्रमा आबद्ध भएर अमेरिकादेखि अष्ट्रेलियासम्मको यात्रा गर्न सफल नमिता अन्तर्राष्ट्रिय प्लेटफर्महरुमा सहभागितासँगै दक्षता र निपूर्णता समेत बढ्दै गएको छ । जसको परिणाम आगामी सन् २०२५ का लागि एमडिआरटी चयन हुन सफल भइसकेकी छिन् ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका