जोडिनुहोस
बुधबार, मंसिर १९, २०८१
बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • सिद्धि हाइड्रोले आइपीओ निष्काशन गर्ने

सिद्धि हाइड्रोले आइपीओ निष्काशन गर्ने

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।

बिहीबार एक कार्यक्रमबीच भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रोको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सिद्धि हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ । यो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका