जोडिनुहोस
शनिबार, मंसिर २२, २०८१
शनिबार, मंसिर २२, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर घोषणा

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर घोषणा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय गरेको छ।  

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु,केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा,जीवन लक्ष्मी र जीवन उदय एकल) अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।  

कम्पनीले सावधिक जीवन बीमालेख(नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा)अन्तर्गत १० वर्षे अवधिका लागि ६५ रुपैयाँ,११ देखि १५ वर्षका लागि ६५ रुपैयाँ,१६ देखि २० वर्षका लागि ६५ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

सावधिक बीमालेख(जीवन समुन्नत)अन्तर्गत १० वर्षे अवधिका लागि ५६ रुपैयाँ,११ देखि १५ वर्षका लागि ५६ रुपैयाँ,१६ देखि २० वर्षका लागि ५६ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ६० रुपैयाँ,२६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

सावधिक जीवन बीमालेख.(सुनौलो भविष्य जीवन बीमा योजना(विकल्प १/विकल्प २)अन्तर्गत १० वर्षे अवधिका लागि ६० रुपैयाँ,११ देखि १५ वर्षका लागि ६० रुपैयाँ,१६ देखि १९ वर्षका लागि ६० रुपैयाँ,२० देखि २५ वर्षका लागि ६२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ६५ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

कम्पनीले सावधिक जीवन बीमालेख(सुनौलो भविष्य जीवन बीमा योजना(विकल्प १)एकल बीमाशुल्क)अन्तर्गत १० वर्षे अवधिका लागि ५५ रुपैयाँ,११ देखि १५ वर्षका लागि ५५ रुपैयाँ,१६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ,२० देखि २५ वर्षका लागि ५७ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।    

अग्रिम भुक्तानी सावधिक(जीवन सम्वृद्धि) बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ५० र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेख(धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदावहार जीवन)अन्तर्गत सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।  

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख(नौलो जीवन सम्वृद्धि)अन्तर्गत १० वर्षे अवधिका लागि ५१ रुपैयाँ,११ देखि १५ वर्षका लागि ५१ रुपैयाँ,१६ देखि २० वर्षका लागि ५१ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ५१ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ५१ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ५१ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

यसैगरी कम्पनीले अन्य(जीवन सारथि)बीमालेख अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६२ रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८५ र ३० भन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँ बोनस दर कायम गरेको छ।  

कम्पनीले आगामी बीमांकिय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ।    

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका