जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • अध्यक्ष लामिछाने र सञ्चालक राई बिरुद्ध हिमालयन बैंक अदालतमा पुग्योः को बन्छ करोडपतिको नाममा ६४ लाख ठगी गरेको आरोप !

अध्यक्ष लामिछाने र सञ्चालक राई बिरुद्ध हिमालयन बैंक अदालतमा पुग्योः को बन्छ करोडपतिको नाममा ६४ लाख ठगी गरेको आरोप !

हिमालयन बैंक गृहमन्त्री रबि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक जिवी राई बिरुद्ध अदालत गएको छ भन्दा अब फरक पर्दैन । गोर्खा मिडिया नेटवर्क प्रा.लि.ले “को बन्छ करोडपति” कार्यक्रम सञ्चालक गर्न हिमालयन बैंक (तत्कालीन सिभिल बैंक)बाट पेश्की स्वरुप ६४ करोड लिएर बैंकलाई हानी नोक्सानी गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको भेटिएको छ ।

तत्कालीन सिभिल बैंकलाई एक कार्यक्रमको बैंकिङ पार्टनर बनाउने भन्दै एड्भान्स भुक्तानी लिएर ठगी गरेको भन्दै हिमालयन बैंक गृहमन्त्री रवि लामिछानेविरुद्ध अदालत पुगेको छ । बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक लामिछानेसहित अर्का सञ्चालक गितेन्द्रबाबु (जीबी) राईविरुद्ध ६२ लाख रुपैयाँ ठगीको मुद्दा दायर गरेको हो ।पहिलो सिजनको सफलतापछि ‘को बन्छ करोडपति ?’ नामक कार्यक्रमको दोस्रो सिजन ग्यालेक्सी फोर के टिभीमा प्रशारण हुने घोषणा भएको थियो । कार्यक्रमका सञ्चालक अभिनेता राजेश हमाल हुन् । सोही आधार बैंकले टिभीसँग १ करोड २४ लाख ३० हजार रुपैयाँको प्रायोजन सम्झौता गर्यो । र, एड्भान्स (पेश्की) वापत् ६२ लाख १५ हजार रुपैयाँ भुक्तानी पनि दितर, टेलिभिजनमा कार्यक्रम प्रशारण भएन । न त सिभिल बैंकको नाम कतै आयो । समयक्रममा सिभिल बैंक हिमालयन बैंकसँग मर्जर भयो र हिमालयन बैंकको नाममा एकीकृत कारोबार थाल्यो । पैसा दिएर कार्यक्रम प्रशारण नहुँदा आफू ठगिएको भन्दै अहिले हिमालयन बैंक (साबिकको सिभिल बैंक) अदालत पुगेको हो । बैंकले काठमाडौं जिल्ला अदालतमा २०८१ वैशाख ४ गते दायर गरेको मुद्दामा ‘करारबमोजिम रकम दिलाई भराई पाउँ’ भन्ने माग गरिएको देखिन्छ ।

कार्यक्रमका सञ्चालक अभिनेता राजेश हमाल हुन् । सोही आधार बैंकले टिभीसँग १ करोड २४ लाख ३० हजार रुपैयाँको प्रायोजन सम्झौता गर्यो । र, एड्भान्स (पेश्की) वापत् ६२ लाख १५ हजार रुपैयाँ भुक्तानी पनि दितर, टेलिभिजनमा कार्यक्रम प्रशारण भएन ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार ‘को बन्छ करोडपति ?’ भन्ने कार्यक्रमलाई प्रायोजन गर्ने उद्देश्यस्वरुप तत्कालीन सिभिल बैंकले ग्यालेक्सी फोरके टिभीलाई ६४ लाख रुपैयाँ एडभान्स दिएको थियो । समयक्रममा टिभीले कार्यक्रम प्रशारण नगरेको र ‘रेस्पोन्स’ पनि नगरेपछि ठगिएको महसुस गरी टिभीविरुद्ध मुद्दा दायर गरेको राणाले आर्थिक बजार न्यूजडटकमसंग बताए । ‘हामीले ग्यालेक्सी फोरके टिभीलाई पटकपटक पत्राचार गरे पनि कुनै रेस्पोन्स नआएपछि अदालतमा मुद्दा दायर गरेका हौं,’ राणाले भने ।कार्यक्रम प्रायोजन गर्ने सम्झौतापत्रमा टिभीका अपरेसन हेड पुष्पराज गिरी र क्रियटिभ हेड विपिन आचार्यले हस्ताक्षर गरेका थिए । आचार्य करोडपतिको पहिलो संस्करणको परियोजना प्रमुख थिए । पछि उनै आचार्य गोर्खा मिडियामा काम गर्न थाले र सभिल बैंकसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आचार्य रास्वपाका सहमहामन्त्री हुन् । भन्दा अब फरक पर्दैन ।

पंक्तिकारसंगको कुराकानीमा तत्कालीन गोर्खा मिडिया नेटवर्कको तर्फबाट हस्ताक्षरकर्ता आचार्यले सम्झौता भएको रकममध्ये ५० प्रतिशत रकम टिभीले एड्भान्समा लिएको पुष्टि गरे । त्यतिबेला गोर्खा मिडिया नेटवर्ककको क्रियटिभ निर्देशक अर्थात् कर्मचारीको रुपमा आफूले हस्ताक्षर गरेको भन्दै उनले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन ग्यालेक्सी फोरकेमा प्रशारण गर्ने तयारी गरिएको भए पनि कार्यक्रम अन एयर नै नभएको प्रस्ट पारे । एपीवान टिभीमा करोडपतिको पहिलो सिजनको ५२ इपिसोड प्रशारण भएको थियो । दोस्रो सिजनमा पनि ५२ इपिसोड नै प्रशारण गर्ने गरी बैंकले ग्यालेक्सीसँग ‘गोल्ड स्पोन्सर’ बन्नेगरी सम्झौता गरेको हो । १२ इपिसोड प्रशारण भएपछि थप २५ प्रतिशत र ४४ इपिसोडपछि सबै भुक्तानी हुने गरी सम्झौता गरिएको पक्का हो । कार्यक्रमको दोस्रो सिजन २०७९ वैशाख १९ गतेदेखि प्रशारण हुने भनिएको थियो । गोर्खा मिडिया प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके टिभीका एक सञ्चालक लामिछाने अहिले गृहमन्त्री छन् भने अर्का सञ्चालक राई फरार छन् । भन्दा फरक पर्दैन । सचेत भया ।

405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका