जोडिनुहोस
शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
  • होमपेज
  • टी-२० विश्वकपमा सहभागी देशले कम्तीमा पाउँछन् ३ करोड रुपैयाँ

टी-२० विश्वकपमा सहभागी देशले कम्तीमा पाउँछन् ३ करोड रुपैयाँ

अमेरिका र वेस्ट इण्डिजमा जारी टी-२० विश्वकपको पुरस्कार राशी घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हरेक सहभागी देशले पाउने रकमदेखि विजेतासम्मले पाउने पुरस्कार राशी घोषणा गरेको हो।

आईसीसीका अनुसार जारी नवौं संस्करणको विश्वकप विजेताले २.४५ मिलियन अमेरिकी डलर (करिब ३२ करोड ५७ लाख रुपैयाँ) प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुने देशले १.२८ मिलियन डलर (करिब १७ करोड रुपैयाँ) प्राप्त गर्नेछ।

सेमिफाइनलबाट बाहिरिने दुई देशले ७ लाख ८७ हजार ५ सय अमेरिकी डलर (१० करोड ४७ लाख रुपैयाँ) प्राप्त गर्नेछन्।

त्यस्तै शीर्ष आठबाट बाहिरिने चार देशले ३ लाख ८२ हजार ५ सय अमेरिकी डलर (करिब ५ करोड रुपैयाँ ) प्राप्त गर्नेछन्।

प्रतियोगितामा नवौंदेखि १२ औं स्थान बनाउने देशले २ लाख ४७ हजार ५०० अमेरिकी डलर ( करिब ३ करोड ३० लाख रुपैयाँ) र त्यसपछिका बाँकी सबै देशले २ लाख २५ हजार डलर (करिब ३ करोड रुपैयाँ) पाउनेछन्।

सेमिफाइनल र फाइनलबाहेक हरेक म्याच जितेबापत प्रतिस्पर्धी देशले ३१ हजार १५४ अमेरिकी डलर ( करिब ४१ लाख ४२ हजार रुपैयाँ) अतिरिक्त पाउनेछन्।

एक दशकपछि दोस्रोपटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा भोलि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

2090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका