जोडिनुहोस
बुधबार, भदौ २६, २०८१
बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • बैंकहरुको कमाई डरलाग्दोः ६४ अर्ब १५ करोड नाफामा ७ अर्ब शेयरधनीको हातमाः राष्ट्र बैंक किन बोल्दैन ?

बैंकहरुको कमाई डरलाग्दोः ६४ अर्ब १५ करोड नाफामा ७ अर्ब शेयरधनीको हातमाः राष्ट्र बैंक किन बोल्दैन ?

यसवर्ष २० वाणिज्य बैंकहरुको कुल खुद नाफा ६४ अर्ब माथी छ तर २० वाणिज्य बैंकले लगानीकर्ताहरुलाई ७ अर्ब मात्रै लाभाशं दिने भएका छन् भन्दा अब फरक पर्दैन । यसवर्ष शेयरधनीहरुलाई लाभाशं दिन नसक्ने बैंकहरुमा एनआईसी एशिया बैंक १ नम्बरमा देखिन्छ भने दोस्रोमा एनएमबी बैंक तेस्रोमा हिमालयन बैंक चौथोमा कुमारी बैंक रहेको उनीहरुको वित्तिय विवरणबाटै प्रस्ट देखिन्छ । वाणिज्य बैंकको नाफा गत आवको असार मसान्तसम्म ६४ अर्ब १५ करोड रुपैयाँ भएपनि त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको छ ।असार मसान्तसम्म २० वाणिज्य बैंकको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ । असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार चार वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । लाभांश दिन नसक्ने बैंकहरू एनआईसी एशिया बैंक, एनआईएमबि बैंक, कुमारी बैंक र हिमालयन बैंक हुन् ।

जुन अघिल्लो आवको असार मसान्तसम्म १५ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकहरुको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको देखिन्छ । भन्दा अब फरक पर्दैन । बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ । असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार चार वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । लाभांश दिन नसक्ने बैंकहरू एनआईसी एशिया बैंक, एनआईएमबि बैंक, कुमारी बैंक र हिमालयन बैंक हुन् । यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक भेटिएको छ छ । गत वर्ष ऋणात्मक रहेका दुई बैंकको वितरणयोग्य नाफा धनात्मक भएका हुन् । अघिल्लो आवमा ऋणात्मक रहेको प्रभु बैंक र प्राइम बैंकको वितरणयोग्य नाफा गत आवमा क्रमशः १ अर्ब २२ करोड ३९ लाख र १ अर्ब १९ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

२० बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल हो । नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो । धेरै वितरणयोग्य नाफा हुने दोस्रो बैंक एभरेष्ट हो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले कम हो । यस्तै कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड २८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.१९ प्रतिशतले बढी हो । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ५.५८ प्रतिशतले बढेर १ अर्ब १३ करोड २ लाख, नेपाल बैंकको १९६२५.६४ प्रतिशतले बढेर ७६ करोड ९३ लाख र राष्ट्रिय वाणिज्य बैंकको ८२.८२ प्रतिशतले बढेर ५८ करोड २१ लाख रूपैयाँ कायम भएको छ । स्टयान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ७.८० प्रतिशतले घटेर असार मसान्तसम्म २ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सानिमा बैंकको वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकको २५.५३ प्रतिशतले घटेर १ अर्ब २८ करोड ७१ लाख र ग्लोबल आइएमई बैंकको ६५.९४ प्रतिशतले घटेर १ अर्ब १० करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

बैंकहरुले एक्रुअल बेसिसमा नाफा लेखांकन गर्नुपर्ने भएकाले पाकेको ब्याजलाई नाफा देखाउन पाइन्छ । तर, बक्यौता रहेको ब्याज रकम राष्ट्र बैंकले निर्दिष्ट गरे अनुसार नियमनकारी कोषमा राख्नुपर्छ । यसरी नियमनकारी कोषको रकमबाट लाभांश वितरण गर्न पाइँदैन । लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा उभिएको छ ।

यता सिटिजन्स बैंकको २७.२६ प्रतिशतले घटेर ६१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकको ६७.८० प्रतिशतले घटेर ४६ करोड ६४ लाख, सिद्धार्थ बैंकको ४४.७६ प्रतिशतले घटेर ३६ करोड ६६ लाख र एनएमबि बैंकको ७९.०५ प्रतिशतले घटेर २३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ । बैंकहरुले एक्रुअल बेसिसमा नाफा लेखांकन गर्नुपर्ने भएकाले पाकेको ब्याजलाई नाफा देखाउन पाइन्छ । तर, बक्यौता रहेको ब्याज रकम राष्ट्र बैंकले निर्दिष्ट गरे अनुसार नियमनकारी कोषमा राख्नुपर्छ । यसरी नियमनकारी कोषको रकमबाट लाभांश वितरण गर्न पाइँदैन । लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा उभिएको छ । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेस्टको लाभांश क्षमता २९.८६ प्रतिशत देखिएको हो ।लाभांश क्षमताका आधारमा स्ट्यान्डर्ड चार्टर्ड दोस्रो र कृषि विकास बैंक तेस्रो नम्बरमा छ । चार बैंकको भने वितरणोग्य नाफा ऋणात्मक रहेकाले उनीहरुले लाभांश दिन सक्दैनन् । लाभांश दिन नसक्ने बैंकहरु एनआईसी एशिया, कुमारी, हिमालयन र एनआईएमबी रहेका छन् ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?