जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • सिटी वालेटले ल्यायो क्यासब्याक योजना, रेमिटेन्स भुक्तानीमा पहिलो १८ जनालाई हरेक दिन ५०० रुपैयाँ

सिटी वालेटले ल्यायो क्यासब्याक योजना, रेमिटेन्स भुक्तानीमा पहिलो १८ जनालाई हरेक दिन ५०० रुपैयाँ

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सिटी वालेट प्रालिले क्यासब्याक योजना ल्याएको छ। कम्पनीले ७०० रुपैयाँ सम्म क्यासब्याक दिने योजना ल्याएको हो। ग्राहकले आफैं रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको कम्पनीले जनाएको छ।

५ हजार रुपैयाँभन्दा बढी रेमिटेन्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी २०० रुपैयाँ बराबर बोनस ब्यालेन्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दसैंमा हरेक दिन रेमिटेन्स भुक्तानीमा पहिलो १८ जना ग्राहकले ५०० रुपैयाँ बोनस पाउनेछन्।

कम्पनीले आन्तरिक हवाई उडानको टिकट बुकिङमा समेत क्यासब्याकको अफर ल्याएको छ। ग्राहकहरूले सिटीपे एपमार्फत हवाई टिकट बुकिङ गर्दा फ्लाइट २०० प्रोमो कोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढी क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका