जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • वित्तिय संस्थाद्वारा प्रधानमन्त्री उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

वित्तिय संस्थाद्वारा प्रधानमन्त्री उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोड रुपैयाँभन्दा बढी रकम हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा कृषि विकास बैँकबाट एक करोड ५० लाख रुपैयाँ, नागरिक लगानी कोषबाट ५१ लाख रुपैयाँ, एसबिआइ बैँकबाट २५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख रुपैयाँ, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख रुपैयाँ, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका