जोडिनुहोस
बिहिबार, फाल्गुन १, २०८१
बिहिबार, फाल्गुन १, २०८१

हालको खबर

  • होमपेज
  • साना तथा मझौला कम्पनीलाई सेयर निष्कासन गर्ने नियमावली लागू, न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने

साना तथा मझौला कम्पनीलाई सेयर निष्कासन गर्ने नियमावली लागू, न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने

साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएको छ । यो नियमावली माघ ३ गतेबाट लागू भएको छ । नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरिएको जनाएको छ ।

सेबोनका अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आईपीओ निष्कासन गर्न सक्नेछन् । साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पुरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ । सेबोनबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिना भित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने छ ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका