जोडिनुहोस
बिहिबार, फाल्गुन १, २०८१
बिहिबार, फाल्गुन १, २०८१

हालको खबर

  • होमपेज
  • २० मध्ये १९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

२० मध्ये १९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । एउटा बैंक एभरेस्टले मात्रै निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।समग्रमा एक वर्षमा बैंकहरुको निष्क्रिय कर्जा ३२ प्रतिशतले बढेको छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म औसत निष्क्रिय कर्जा ४.४८ प्रतिशत छ । गत वर्षको पुसमा औसत निष्क्रिय कर्जा ३.३९ प्रतिशत थियो । एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै बढेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश एक वर्षमै १.१९ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकमा कुमारीको निष्क्रिय कर्जा सबैभन्दा धेरै ६.९६ प्रतिशत छ । कर्जा असुली नियमित हुन नसक्दा बैंकहरुको निष्क्रिय कर्जा बढेको हो ।




150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?