जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • डोनाल्ड ट्रम्पद्वारा ८ कार्यकारी आदेशमा हस्ताक्षर : टिकटक प्रतिबन्धदेखि पुर्व राष्ट्रपतिका निर्णय खारेजसम्म

डोनाल्ड ट्रम्पद्वारा ८ कार्यकारी आदेशमा हस्ताक्षर : टिकटक प्रतिबन्धदेखि पुर्व राष्ट्रपतिका निर्णय खारेजसम्म

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ४७औं राष्ट्रपति पदको शपथ ग्रहण गरेसँगै आफ्नो कार्यकालको सुरुवात गरेका छन्। जनवरी २० तारिख, सोमबार, १२:०० बजे (स्थानीय समय) अमेरिकी संसद भवनको रोटुन्डामा आयोजित शपथ ग्रहण समारोहमा ट्रम्पले शपथ ग्रहण गरे। अत्यधिक चिसोका कारण अन्तिम समयमा समारोहलाई भित्र सारिएको थियो।

शपथ ग्रहणपछि राष्ट्रपति ट्रम्पले ८ कार्यकारी आदेशमा हस्ताक्षर गरे। उनले जो बाइडेन प्रशासनका ७८ निर्णय खारेज गर्दै संघीय नियुक्तिमा रोक लगाउने र पेरिस जलवायु सन्धिबाट अमेरिका हटाउने निर्णय गरे। उनले TikTok एपलाई ७५ दिनको अस्थायी अनुमति पनि दिएका छन्।

शपथ ग्रहण समारोहमा भारतीय विदेश मन्त्री एस. जयशंकर, चिनियाँ उपराष्ट्रपति, जापान र अष्ट्रेलियाका विदेश मन्त्रीहरू उपस्थित थिए। साथै, जीवित पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्ल्यू. बुस, र बाराक ओबामाले पनि कार्यक्रममा भाग लिए।

डोनाल्ड ट्रम्पले आफ्नो उद्घाटन भाषणमा अमेरिका–मेक्सिको सिमानामा आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गर्दै १७९८ को एलियन एनेमीज ऐन प्रयोग गर्ने योजना प्रस्तुत गरे। उनले सीमा सुरक्षा, घरेलु उत्पादन, ऊर्जा उत्पादन वृद्धि, र जलवायुसम्बन्धी नियम कटौती गर्ने प्रतिबद्धता व्यक्त गरे।

शपथ ग्रहणमा उपराष्ट्रपति जेडी भान्सले पनि पदभार ग्रहण गरे। उनीसँग उनकी पत्नी उषा र तीन छोराछोरी उपस्थित थिए।

1395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका