जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • सहकारी ठगी प्रकरणमा सांसद माया राई पक्राउ

सहकारी ठगी प्रकरणमा सांसद माया राई पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सहकारी ठगी अभियोगमा सांसद माया राईलाई पक्राउ गरेको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राईलाई पक्राउ गरिएको हो ।

कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा राईलाई नियन्त्रणमा लिइएको हो । स्वर्णलक्ष्मी सहकारीमा विभिन्न व्यक्तिहरूको बचत रकम हिनामिना भएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सांसद राईसँगै अन्य केही व्यक्तिहरूमाथि पनि सोही सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । प्रारम्भिक अनुसन्धानमा बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरी अन्य प्रयोजनमा प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेकी सांसद राईलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धान प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीमा लामो समयदेखि रकम फिर्ता नपाएको गुनासो गर्दै आएका पीडित बचतकर्ताहरूले न्यायको माग गर्दै विभिन्न चरणमा आन्दोलन समेत गर्दै आएका थिए । सांसद जस्तो गरिमामय पदमा रहेका व्यक्तिमाथि यस्तो गम्भीर आरोप लागेपछि घटनाले व्यापक चर्चा पाएको छ ।

प्रहरीले अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?