जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली–देउवाबीच सहमति

एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली–देउवाबीच सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति २ घण्टा छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफलका साथै गभर्नरका विषयमा समेत छलफल भएको थियो ।

प्रमुख सत्तारुढ घटक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी ओलीनिकट मानिने युवा नेता विष्णु रिजालले नेपाल राष्ट्र बैंकको गभर्नर अबको एकसाताभित्र नियुक्त भइसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिवार राति बालुवाटारमा भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै उनले ओली र देउवाबीच एकसाताभित्र गभर्नर नियुक्त गर्ने सहमति भएको प्रष्ट संकेत गरेका हुन् ।

’आशा गरौं, प्रक्रियागत जटिलता मिलाएर गभर्नरको नियुक्ति एक सातामै हुनेछ ।’–उनले फेसबुक स्टाटस पोस्ट गरेका छन् । नेता रिजालले सरकार परिवर्तनको हल्ला गरेर आत्मरतिमा रमाउनेहरूको खेतिपाती बन्द भएको दाबी समेत गरेका छन् ।

’मुलुकमा अस्थिरता सिर्जना गर्ने र त्यसैमा आफ्नो भविष्य खोज्नेहरूका लागि एमाले कांग्रेसबीचको सहमति र केपी शर्मा ओली नेतृत्वको सरकार मुख्य अवरोध देखिएकाले चलाइएका हल्ला प्रम ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको हिजो रातिको छलफलपछि समाप्त भएका छन् । उनले भनेका छन् ’पटक–पटक सरकारका बारेमा किन भनिरहनुपर्यो भन्नेहरूका लागि जवाफ छः पटक–पटक हल्ला चलाइएपछि पटकपटक स्पष्ट पार्नुपर्ने हुन्छ ।’

390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका