

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप ३६ खर्ब ८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४० खर्ब ९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.५ प्रतिशतले बढेको थियो ।
२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३५.८ प्रतिशत र ५१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो ।
२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ। २०८० चैत मसान्तमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत रहेको थियो।