जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सकाे रक्तदान कार्यक्रम सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सकाे रक्तदान कार्यक्रम सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।

यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनिले जनाएको छ । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?