जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • ११ महिनामा तीन खर्ब ७६ अर्ब २९ करोड कर्जा प्रवाहः राष्ट्र बैंक बेखबर !

११ महिनामा तीन खर्ब ७६ अर्ब २९ करोड कर्जा प्रवाहः राष्ट्र बैंक बेखबर !

नेपालका वाणिज्य बैंकहरुले ११ महिनामा तीन खर्ब ७६ अर्ब २९ करोड कर्जा दिएको फेला परेको छ भन्दा अब फरक पर्दैन ।
चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा तीन खर्ब ७६ अर्ब २९ करोड रुपैयाँको वृद्धि भएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार, जेठ महिनामा मात्र ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको देखिन्छ ।
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो ।

चालु आवको जेठ मसान्तसम्ममा यो कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भई ४९ खर्ब ४७ अर्ब २० करोड पुगेको प्रस्टै छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले चालु आवमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरे पनि आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा लक्ष्य अनुरूप प्रगति देखिएको छैन । आर्थिक वर्षको अन्त्यतिर बैंकहरू कर्जा प्रवाहभन्दा असुलीमा बढी ध्यान दिने भएकाले यो वर्ष पनि कर्जा लक्ष्य नपुग्ने देखिन्छ ।

साउनमा दुई अर्ब रुपैयाँले वृद्धि भएको कर्जा प्रवाह भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब र मंसिरमा ४२ अर्बले बढेको थियो । कात्तिक र वैशाखमा भने क्रमशः दुई र चार अर्बले घटेको थियो । चैतमा ६५ अर्ब र जेठमा ३६ अर्बले कर्जा प्रवाह बढेको देखिन्छ ।

११ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५ खर्ब ३ अर्ब ३९ करोडले बढेर ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्म यो रकम ५७ खर्ब ५४ अर्ब ७७ करोड थियो । पछिल्लो समय रेमिट्यान्स आप्रवाह र सरकारी खर्च बढेकाले बैंकहरूमा निक्षेप उल्लेख्यरूपमा वृद्धि भएको हो । जेठमा मात्र एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थपिएको देखिन्छ । साउनमा ३९ अर्बले घटेको निक्षेप भदौदेखि सकारात्मक बृद्धितर्फ उन्मुख रह्यो । भदौमा ७३ अर्ब, असोजमा १ खर्ब ३३ अर्ब, मंसिरमा ३३ अर्ब, चैतमा ८३ अर्ब र जेठमा उल्लेख्यरूपमा वृद्धि देखिएको हो । बैंकहरूले ब्याजदर घटाए पनि कर्जा माग अपेक्षित रूपमा बढ्न सकेको छैन । सचेत भया ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका