जोडिनुहोस
मङ्लबार, असार २४, २०८२
मङ्लबार, असार २४, २०८२

हालको खबर

  • होमपेज
  • सन नेपाल लाइफको ए एम एल सिएफटी सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

सन नेपाल लाइफको ए एम एल सिएफटी सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सको ए एम एल सिएफटि सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम धुलीखेलको एक होटलमा भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीका बिभिन्न बिभागिय प्रमुखहरु, प्रदेश प्रमुखहरु तथा वरिष्ठ व्यवस्थापकको उपस्थितिमा संचालन भएको थियो ।

कार्यक्रममा कानुनी विभाग प्रमुख सुवास भण्डारीले ए एम एल सिएफटि सम्वन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा विद्यमान ए एम एल सिएफटि ऐन, त्यसका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्व,FIU (Financial Information Unit) को भूमिका, र बीमा कम्पनीमा लागू हुने नीतिगत तथा व्यवहारिक पक्षहरूबारे व्यापक छलफल गरिएको थियो।

कम्पनीले यस्तो किसिमका तालिम कार्यक्रममार्फत पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुपालनमा प्रतिबद्धता जनाउँदै आएको छ।ब्रान्ड विभाग लगायत सबै विभागले नियमनकारी निकायको मापदण्ड अनुसार कार्य गर्नुपर्ने विषयमा प्रशिक्षणले स्पष्ट दिशा दिएको छ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?