जोडिनुहोस
मङ्लबार, असार २४, २०८२
मङ्लबार, असार २४, २०८२

हालको खबर

  • होमपेज
  • सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् । यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ ।

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो । उनीहरुबाट अपचलन भएको रकम भराउने समेत आदेश भएको एक सैनिक अधिकृतले बताए । यो प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाश समेत पाइसकेका थिए । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो ।

85
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका