जोडिनुहोस
सोमवार, मंसिर ३०, २०८२
सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड

नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड पाएको छ। नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्‍याएको योगदानबापत महासंघले अवार्ड पाएको हो।

यो अवार्ड एक महिनाअघि लन्डनमा आयोजित गोइङ ग्लोबल सम्मेलनका क्रममा घोषणा गरिएको थियो। सोही अवसरमा नेपाली साझेदारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले अवार्ड ग्रहण गरेका थिए।

नेपालमा पहिलोपटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब)को औपचारिक शुभारम्भ कार्यक्रमका अवसरमा सचिव पौडेलले महासंघका महानिर्देशक गोकर्णराज अवस्थीलाई अवार्ड हस्तान्तरण गरेका छन्।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका