जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२
  • होमपेज
  • कृषि बिकास बैक कर्मचारी संघ नेपाल को रक्तदान कार्याक्रम सम्पन्न

कृषि बिकास बैक कर्मचारी संघ नेपाल को रक्तदान कार्याक्रम सम्पन्न

कृषि बिकास बैक लि को ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितीले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । साथै कृषि बिकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश समिती हरुले समेत माघ महिना भित्र देशभरनै रक्तदान गर्ने कार्याक्रम आयोजना गर्नेछन ।

रगतको अभावमा हुने मानव जीवनको क्षतीलाई न्युनिकरण गर्नु र समाजमा सेवा भाव फैलाउने उदेश्य सहित सम्पन्न उक्त रक्तदान कार्यक्रममा मु.का समिती अन्तर्गत १२१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरुको रगत अभाव पुरा गर्न सहयोग गर्नेछ ।

मुख्य कार्यालय समितीका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बैंक,बिमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली को प्रमुख आथित्य तथा कृषि बिकास बैक कर्मचारी संघको अध्यक्ष छगेन्द्र आचार्य तथा कृषि बिकास बैक लि का प्रमुख कार्याकारी अधिकृत, उपमहाप्रबन्धक, बिभागीय प्रमुख, शाखा प्रमुख सहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्याक्रमको उद्घाटन गर्दै बैंक,बिमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशसा गर्दै बैक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरुलाई निरन्तरता दिन आग्रह गरे ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?