जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • शेयर बजारमा अर्को नयाँ रेकर्ड, झण्डै ७ अर्बको कारोबार

शेयर बजारमा अर्को नयाँ रेकर्ड, झण्डै ७ अर्बको कारोबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई ४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको बताएका हुन् ।

कोरोनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी अस्पतालमा पिसिआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको प्रवक्ता गौतमले जनाएका छन् ।

6080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका