जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको बढ्दो खराब कर्जा

वाणिज्य बैंकहरुको बढ्दो खराब कर्जा

पछिल्लो समय नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ११२.३१ प्रतिशतले वृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका २० वाणिज्य बैंक मध्ये १९ वटा बैंकको खराब कर्जा बढेको पाइएको छ । चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन् ।

एक वर्षको अवधिमा कर्जा लगानी २ खर्ब ४२ अर्बले बढेको छ । यही अवधिमा निक्षेप संकलन ५ खर्ब १७ अर्बले बढेर ५३ खर्ब ५८ अर्ब पुगेको छ । गत वर्ष बैंकिङ प्रणाली नै धराशायी हुने गरी आक्रामक कर्जा बिस्तार भएपछि केन्द्रीय बैंकले कर्जा प्रवाहमा कडाइ गरेको थियो । जसले गर्दा पछिल्लो १ वर्षमा कर्जा विस्तार ५.२८ मा सिमित हुँदा बैंक वित्तीय संस्थाको निक्षेप १०.६७ प्रतिशतले बढेको छ ।

कर्जा दुरुपयोग रोक्ने र ऋण लिएर ब्याज तिर्ने प्रवृति रोक्न भन्दै राष्ट्र बैंकले कात्तिक १ गतेदेखि चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा कतिपय व्यवसायी विगतमा जस्तै बैंकबाट ऋण लिएर ब्याज तिर्न नपाउँदा बैंकहरुको खराब कर्जा बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

बैंकर भुवन दाहाल बैंकहरुको व्याजदर बढ्नुमा सुस्त आर्थिक गतिविधि र ब्याजदर वृद्धि मुख्य कारण भएको बताउँछन् । बढ्दो व्याजदरका कारण पनि खराब कर्जा बढेको छ । सस्तोमा लिएको कर्जा अहिले व्याज बढेर निकै माथि पुग्दा पनि खराब कर्जा बढ्न गएको दाहाल बताउँछन् ।

गत आवको पुस मसान्तसम्म बैंकहरुको खराब कर्जा औषतमा १.०५ प्रतिशत बिन्दुमा रहेको थियो । चालु आवको सोही अवधिमा ११२.३१ प्रतिशतले बढेर औषतमा २.२४ प्रतिशतले बिन्दुमा रहेको छ । चालु आवको पुस मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ०.२७ प्रतिशत बिन्दुले घटेर २.७९ प्रतिशत रहेको छ । बाँकी सबै बैंकको खराब कर्जा बढेको छ ।

पुस मसान्तसम्म सबैभन्दा बढी खराब कर्जा हुनेमा कृषि विकास बैंक रहेको छ । गत आवको पुस मसान्तको तुलनामा बैंकको खराब कर्जा २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ बिन्दुमा रहेको छ ।

हिमालयन बैंक, नेपाल बैंक, नबिल बैंक, एनएमबि बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंकको खराब कर्जा निकै बढी रहेको छ । तीन प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा हिमालयन बैंकको ३.७७ प्रतिशत, नेपाल बैंकको ३.११ प्रतिशत, सनराइज बैंकको ३.३६ प्रतिशत, खराब कर्जा रहेको छ ।

यस्तै २ प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा सिभिल बैंकको २.४१ प्रतिशत, ग्लोबल आइएमई बैंकको २.९२ प्रतिशत, प्राइम बैंक २.८१, सिद्धार्थ बैंकको २.८७ प्रतिशत, नबिल बैंकको २.९८ प्रतिशत, एनएमबि बैंकको २.२४ प्रतिशत, सिटिजन्स बैंकको २.९९ प्रतिशत र कृषि विकास बैंकको खराब कर्जा २.७९ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको ०.७२ प्रतिशतबाट ३.०५ प्रतिशत बिन्दुले बढेर ३.७७ प्रतिशत रहेको छ । कृषि विकास बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ प्रतिशतमा पुगेको छ । यस्तै प्राइम बैंकको खराब कर्जा ०.७८ प्रतिशतबाट २.०३ प्रतिशत बिन्दुले बढेर २.८१ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्म १ प्रतिशत भन्दा कम खराब कर्जा ५ वटा बैंकको मात्रै रहेको. छ । जसमा स्टयान्डर्ड चार्टर्ड बैंकको ०.७२, एभरेष्ट बैंकको ०.५५, एनआईसी एशिया बैंकको ०.६१, सानिमा बैंकका ०.७७, नेपाल एसबिआई ०.४७ प्रतिशत रहेको छ ।

1965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका