जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीको व्यवसाय ३.५२ प्रतिशतले विस्तार

जीवन बीमा कम्पनीको व्यवसाय ३.५२ प्रतिशतले विस्तार

जीवन बीमा कम्पनीले व्यवसाय बढाएका छन्। चालु आर्थिक वर्ष दुई महिनामा तीन लघुसहित १७ वटा जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

कम्पनीहरुले गरेको व्यापार गत आर्थिक वर्ष भदौसम्मको तुलनामा ३.५२ प्रतिशतले धेरै हो। कम्पनीहरुले गत वर्ष दुई महिनामा २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीको नयाँ व्यापार बढ्दा प्रिमियम संकलन वृद्धि भएको हो। प्रथम बीमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेको छ।

पोहोर साउन र भदौमा ४ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका कम्पनीले यस वर्ष सोही ५ अर्ब १९ करोड ६७ लाख बीमा शुल्क संकलन गरेका छन्।

बीमा पोलिसीको संख्या २.४६ प्रतिशतले बढेको छ। गत वर्ष भदौसम्म सक्रिय बीमा लेखको संख्या १ करोड ३४ लाख ५३ हजार रहेकामा चालु वर्षमा यो संख्या १ करोड ३७ लाख ८४ हजार पुगेको छ।

प्राधिकरणका अनुसार भदौसम्म सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेकले प्रिमियम संकलन बढाएका छन्। यस कम्पनीको प्रिमियम आर्जन ७० प्रतिशतले घटेर १ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ। कम्पनीको व्यवसाय पोहोरभन्दा १२.८० प्रतिशतले वृद्धि भएको हो।

सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा न्यून ७७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यद्यपि, कम्पनीले पोहोरभन्दा २२.२८ प्रतिशतले व्यापार बढाएको हो।

चालु आर्थिक वर्षको दुई महिनामा लाइफ इन्स्योरेन्सको प्रिमियम रु लाखमा

कम्पनी२०८१/८२२०८०/८१फरक %
नेपाल लाइफ९०३७३.६०८०११८.५२१२.८
नेसनल लाइफ३५८४८.८०२९०७७.२८२३.२९
लाइफ इन्स्योरेन्स कर्पोरेसन३३०७५.०५३०६३४.७०७.९७
हिमालयन३१०१५.४२२९५७९.७३४.८५
सूर्यज्योति१८४५७.२५१५५००.३०१९.०८
एसियन लाइफ१४७२०.५९१२२०८.८४२०.५७
सिटिजन१२७७८.२५१०११०.८२२६.३८
सानिमा रिलायन्स११०६४.४३१०१५९.७३८.९
राष्ट्रिय जीवन बीमा कम्पनी१०६४७.५४३५६८५.५९-७०.१६
मेट लाइफ९६०३.१०९२१२.४९४.२४
प्रभु महालक्ष्मी८७२०.६४८२४९.६१५.७१
रिलायबल नेपाल८५४७.८८६७५५.३३२६.५४
आइएमई८२३५.६१७६३१.३४७.९२
सन नेपाल७७९४.३७६३७४.१०

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका