जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकले ल्यायो ‘दशैं २ गुणा रिवार्ड अफर’

सिद्धार्थ बैंकले ल्यायो ‘दशैं २ गुणा रिवार्ड अफर’

सिद्धार्थ बैंक लिमिटेडले दशैंको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । बैंकले ल्याएको दशैं २ गुणा रिवार्ड अफरअन्तर्गत बैंकका ग्राहकहरुले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढि प्वइन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रमअन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (POS tyf E-commerce) र मोबाइल बैकिङबाट गरेकोे टपअपको आधारमा रिवार्डमा सामान्यतःप्राप्त हुने प्वईन्टको दोब्बर प्वइन्ट प्राप्त गर्न सक्नेछन् ।

यसरी आर्जन भएको प्वइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने बैंकले जनाएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका