जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जनता बैंक र लिडरसिप एकेडेमी नेपालबीच संझौता

जनता बैंक र लिडरसिप एकेडेमी नेपालबीच संझौता

जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरसिप एकेडेमी नेपालबिच संझौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंवर क्षेत्री र लिडरसिप एकेडेमी नेपालका फाउण्डर तथा CTO अरुण राज जोशीले हस्ताक्षर गरेका थिए ।

लिडरसिप एकेडेमी नेपालले Rice University Business School, USA को उच्च स्तरीय तथा अन्तराट्रिय स्तरको सिप बिकास, ब्यबसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिप मुलक शिक्षा Online Course, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ ।

लिडरसिप एकेडेमी नेपालले बिशेष गरी Advance Leadership Program, Executive Leadership Program, Online Rice Delivery जस्ता कार्यक्रम मार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको छ ।

34055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका