जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जनता र ग्लोबल बैंकको बिग मर्जर निल्नु की ओकल्नु

जनता र ग्लोबल बैंकको बिग मर्जर निल्नु की ओकल्नु

भूपेन्द्र आचार्य । करिब २ महिना अगाडी नेपाल राष्ट्र बैंकका गर्मनर डा. चिरनजीबी नेपालले वाणिज्य बैंकका सीइओ र संचालकहरुलाई बोलाई मौद्रिक नीति अगाडी नै लभ गर्न र मौद्रिक नीति पछि विहे गर्न तयार रहन निर्देशन दिए पनि मौद्रिक नीतिमा बिग मर्जर वा फोर्सफूल मर्जर कुन पनि नआए पछि हतार हतारमा मर्जरको सहमती गरेको ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडको मर्जर निल्नु की ओकल्नुको अवस्था पुगेको देखिन्छ । चुक्ता पुँजी बढाउने राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बिग मर्जर आउने आशामा रहेका बैंकरहरु मर्जर बारे केही नआएको, चुक्ता पूँजी बृद्धिको कुरा पनि नआएको देखेपछि मर्जरमा होइन व्यापार बढाउन लागि परेका छन् ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको ठूलो बैंकको अध्यक्ष बन्ने सपना तुहिने देखिएको छ । एउटै राजनीतिक विचार मिल्ने ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडबीच बिग मर्जर गरि पूँजी बृद्धि गरि ठूलो बैंक बन्ने र त्यसको अध्यक्ष चन्द्र ढकाल र सीइओ जनता बैंकका सीइओ पशुराम कुवर क्षेत्री हुने सहमती भएसंगै सम्झौता यी दुई बैंकबीच मर्जर हुने चर्चा भए पनि अब मर्जर भाँड्ने र मर्जर हुन नदिनेको संख्या दिनदिनै बढ्न थालेको छ । ४ महिना भित्रै मर्जर टुङ्ग्याउने भनिएको छ । बिग मर्जर तुहिने हल्ला बजारमा छ नि भनि राजतिलक साप्ताहिकले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई सोधेको प्रश्नमा उनीले भनेः– मर्जरको सम्झौता गरेको छौं । नेपालकै ठूलो चुक्ता पूँजी भएको बैंक बनाउने हाम्रो चाहाना हो । मर्जरको काम पनि शुरु भएका छन् । हल्लाको पछाडि लाग्नु भन्दा चाडो मर्जर गर्ने वातावरण बनाउनु राम्रो हो ।

मौद्रिक नीतिमा बिग मर्जर, फोर्सफुल मर्जर वा पुँजी बृद्धिको कुनै योजना आएन भनि जनता बैंकका संचालक र शेयरधनीहरुले साधारण सभाबाटै मर्जरको प्रस्ताव पारित नगर्ने चर्चा छ । भनी सोधिएको अर्को प्रश्नमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले भनेः– यस्तो हुँदैन मर्जर जरुरी छ हुन्छ अहिले नै आत्तिनु पर्दैन ठूलो बैंक भएपछि ठूलो प्रतिफल शेयरधनीहरुले पाउने हो र वाणिज्य बैंकमा ग्लोबल आईएमई बैंक नेपालकै ठूलो बैंक बन्ने भएका कारण मर्जर भाडिने कुरामा आफूलाई विश्वास नलागेको तर्क गरे ।

जनता बैंक नेपाल लिमिटेडका एक संचालकले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकसंग भनेः– अब मर्जरको आवश्यकता छैन । जनता बैंक आफैमा राम्रो बैंक बनिसकेको छ । दर्जनौ संस्था हामीले मर्ज गरेका छौं । सीइओ राम्रो मान्छे छन् । किन मर्जर गर्नुप¥यो । मर्जरको सम्भावना अब टुटेको छ नि । उनीले थपेः– मौद्रिक नीतिले बिग मर्जरको व्यवस्था गरेको भए वा पूँजी बृद्धिको व्यवस्था गरेको भए हामी मर्जर गर्न बाध्य हुनेथियौं । अब मर्जरको सम्भावना टुटेको छ । उनीकै शब्द सापटी लिने हो भने अब जनता बैंक नेपाल र ग्लोबल आईएमई बैंकको मर्जर टुटेको भन्न सकिन्छ ।

ती संचालकले थपेः– एक दुई जनाको बहकाउमा लागेर मर्जरमा गएका जनता बैंकका अधिकांश सञ्चालक मर्जरमा जान नहुने पक्षमा अहिले देखिएका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको बहकाउमा लागेर मर्जरमा जान नहुने भन्दै जनता बैंकका केही सञ्चालकले लबिङ शुरु गरिसकेका उनीले बताए । जनता बैंकमा कार्यरत कर्मचारीले पनि मर्जरमा जान नहुने भन्दै विरोध शुरु गरेका देखिन्छ । बैंकमा कार्यरत कर्मचारीले मर्जरमा जाँदा आफ्नो अस्तित्व समाप्त हुने नाम मेटिने भन्दै मर्जरमा नजान सञ्चालकलाई दबाब दिइरहेका भेटिएको छ ।
जनता बैंकका उच्च कर्मचारी र सञ्चालक मर्जरमा कुनै पनि हालतमा जान नहुने भनेपछि मर्जर टुट्ने संकेत प्रष्टै देखिएको छ ।

अहिले ग्लोबल र जनता बैंकको बिग मर्जर जनता बैंकका केही सञ्चालकका लािग टाउको दुखाइको बिषय बनेको छ । बिग मर्जरको सहमति गरिसकेका ती बैंकका सञ्चालकलाई मर्जर ओकल्नु न निल्नु भएको देखिन्छ । शेयरधनीहरु मार्फत साधारण सभामा मर्जर तुइयाउने संचालकनै लागि परेको देखिन्छ ।

चुक्ता पुँजी बृद्धिलाई आफ्नो सफल कदमको रुपमा लिएका गभर्नर नेपालले त्यही बाटोबाट पच्छाउँदै बिग मर्जर ल्याउने तयारी गरेका थिए । तर, उनलाई त्यो प्रस्ताव ल्याउन सरकारले रोकेपछि बिग मर्जरले हावा खाएको थियो ।

मौद्रिक नीतिमा बिग मर्जरको नीति आउने सम्भावना देखिएपछि अन्य बैंकहरु पनि मर्जरमा जाने तयारी गरेका थिए । तर, मौद्रिक नीतिमा विग मर्जरको बाध्यकारी व्यवस्था नगरिएपछि बैंकहरु त्यो बाटो त्यागेर ऋणपत्र निष्काशन देखि कर्मचारी भर्ना र व्यवसाय विस्तारमा लागेका छन् । २८ वटा वाणिज्य बैंकले ऋणपत्र जारी गर्दा बजारमा भएको धेरैजसो रकम ऋणपत्र खरिदमा गएको र शेयर बजारले हावा खाएको देखिन्छ ।

ग्लोबल आईएमई र जनता बैंकको बिग मर्जर असफल तुल्याउन ग्लोबल आईएमई बैंककै एउटा समूह समेत लागि परेको देखिन्छ । मर्जरबारे ग्लोबल आईएमई बैंकको संचालकबीच पनि एक मत छैन । बाध्यताले मर्जरको सहमती भयो । अब तुहिन पनि सक्दछ ।

ग्लोबल आईएमई बैंकका एक संचालकले नाम नलेख्ने शर्तमा बताए । उनीले दाबी गरेः– शेयर रेसियो के हुने, सम्पत्तिको मुल्याकन कसरी हुने डिडिए कहिले गर्ने जस्ता महत्वपूर्ण काम अझै शुरु नभएकाले मर्जर तोडिने प्रस्टै छ नि । उनीले थपेः– चन्द्र ढकालले पूराना बैंकर जनक शर्मा पौडेललाई हटाएर आफ्नै १३ दिने नातेदार बैंकर महेश ढकाललाई डिपुटी सिइओ बनाएर बैंकमा रजाई मच्चाएको ती संचालकले राजतिलक साप्ताकिसंग बताए । यी र यस्ता कारणले अब ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालबीच मर्जर भाडिए आश्चर्य मान्नु पर्दैन । सचेत भया । राजतिलक साप्ताहिक

16550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका