जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुविसु जलेर खरानी आगलागी शंकास्पद

सुविसु जलेर खरानी आगलागी शंकास्पद

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो ।

आगलागीका कारण सुविसुबाट दिइने सेवा इन्टरनेट तथा टिभी लगायत सबै सेवाहरु अबरुद्ध भएको छ । सुविसुले फेरी आफ्नो सेवा सुचारु गर्न लगभग असम्भव नै देखिन्छ । इन्टरनेटको मुख्य सर्भरको मूल्य अर्बभन्दा बढी पर्ने, स्याटेलाईट डिभाइस समेत पूर्ण रुपले जलेर नष्ट भएकोले सुविसुले बीमा दाबी रकम पनि ठूलो देखिन आउछ । जसले गर्दा अब सुविसुका बजार पूर्ण रुपले नष्ट भएको आकलन गर्न सकिन्छ ।

अर्को तर्फक नेपालको इन्टरनेट प्रदायक कम्पनीहरुमा एक हस्तीका रुपमा परिचत भैसकेको कम्पनीले आफ्नो कम्पनीको सुरक्षा प्रति यति धेरै फितलो देखिनु पनि शंस्कास्पद नै छ । आगलागीका कारण सुविसुको आजसम्मका आर्थिक कारोबार लगायत अन्य सबै खालका कारोबारहरुको हरहिसाब गर्ने समय बर्षको अन्तिममा आएर यति ठूलो क्षती व्यहोर्नु कम्पनी आफैलाई ठूलो धक्का पनि परेको छ । अर्कोतिर यसलाई शंकास्पद रुपमा लिन सकिन्छ ।

13960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका