
अधिकाशं आयोजनाहरुको ठेक्का हात पारेर अलपत्र पार्दै आएको शक्तिशाली दुई कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यलयलेकालो सूचीमा राखेर राम्रो काम गरेको छ ।
हुलाकी राजमागर्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार खरिद अनुमनले रमण–पप्पु जेभी जनकपुर–९ लाई कुनै पनि सार्वजनिक खरिदमा तत्काल सहभागी हुन नपाउनेगरी रोक लगाएको देखिन्छ ।
यसअघि नै कार्यालयले ठेक्का रोक लगाउने भन्दै सूचना जारी गरेको भएपनि अदालतको आदेश ल्याएका कारण रोकिएको थियो । तर अदालतले साउन १५ गतेको सुनुवाई मा पहिलेको अन्तरकालिन आदेश खारेज गरिदिएपछि रोक लगाउने निर्णय कार्यान्वयन गरेको हो । यी कम्पनीहरुलाई सार्वजनिक खरिद नियमावलीको नियम १४१ बमोजिम कालोसूचीमा राख्ने प्रक्रियामा अघि बढाउनका लागि तत्काल कुनै पनि ठेक्कामा भाग लिन रोक लगाइएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेसँगै यी दुई कम्पनीले अबको ६ महिनासम्म नयाँ ठेक्कामा भाग लिन पाउने छैनन् भने पूरानाको काममा कुनै बाधा पर्ने छैन ।
६ महिनाभित्र कालोसूचीमा राख्ने निर्णय भएमा तोकिएको समयसम्म यी कम्पनी र व्यक्ती सम्बद्ध अन्य कम्पनी पनि अयोग्य हुने छन् ।
यी र यस्ता कम्पनीहरुलाई समयमै कारवाही नगरे सुखी नेपाली सम्पन्न नेपाल बन्नेमा शंखा देखिन्छ ।