बैंकिङ्ग
शैलेन्द्रको मोबाइलबाट दुगडको नागरिकता राष्ट्र बैंकका हाकिमहरुको भाईबरमा
अध्यक्ष हटाउन सीइओ जनक र सञ्चालक शैेलेन्द्र लागेको खुलासा


सुन्दा पनि अचम्म लाग्ने जसले लाखौको जागिर दियो । उसैको पद धरापमा पुग्ने गरि सनराईज बैंकका सीइओ जनक शर्मा पौडेल र सञ्चालक शैलेन्द्र गुरागाई बैंकका अध्यक्षको नागरिकता राष्ट्र बैंकका हाकिमहरुको मोबाइलको भाइबरमा पठाए र अध्यक्षबाट हटाउन माग गरेको खुलासा भएको छ ।
राष्ट्र बैंकको एक कार्यकारी निर्देशकले आर्थिक बजार न्यूज डटकमसंगको भेटमा भने हेनुहोस् यसरी बैंककै कर्मचारी र सञ्चालकहरुबाट अध्यक्ष हटाउन उमेर पुगेको भन्दै नागरिकता भाइबरमा पठाएका छन् भन्दै उनीले देखाए ।
सनराईज बैंकमा सीइओ पाउन सञ्चालक शैलेन्द्र गुरागाई मार्फत अर्थमन्त्री डा.युवराज खतिवडासम्म पुगी तत्कालीन नियुक्ती दिएका सीइओ निरज श्रेष्ठलाई विवादमा पारी सीइओ बन्न केही पत्रकारको तुना समातेर सीइओ पड्काएका जनक शर्मा पौडेल फेरी विवादमा फस्ने भएका छन् ।
समाचार स्रोतले भन्यो सञ्चालक शैलेन्द्र गुरागाईको निगाहामा सीइओ बनेका जनक शर्मा पौडेलले एक कर्मचारी मार्फत अध्यक्ष मोतिलाल दुगडको नागरिकता सामाजिक सञ्जालमा पठाएका थिए । कस्तो अचम्म हेर्दा पनि घिन लाग्ने । यसबारेमा प्रतिक्रिया लिन खोज्दा पटक÷पटक सम्पर्क गर्दा सनराईज बैंकका सीइओ जनक शर्मा पौडेलले सम्पर्क गर्न चाहेनन् ।
उनीको पीएले भने सरले आर्थिक बजार न्यूजडटकमसंग कुरा नगर्ने भनिदिनु भन्नुभएको छ । शैलेन्द्र गुरागाई मार्फत अर्थमन्त्री डा. खतिवडालाई भेटि बैंकका अध्यक्ष मोतीलाल दुगडलाई पटक÷पटक फोन गराएर सीइओ बनेका जनक शर्मा पौडेल अध्यक्षलाई फालेर सञ्चालक शैलेन्द्र गुरागाईलाई अध्यक्ष बनाउन लागि परेको एक सञ्चालकले नाम नलेख्ने शर्तमा आर्थिक बजार न्यूजडटकमसंग टेलिफोनमा बर्ताए ।
अचम्म त के छ भने अध्यक्ष मोतीलाल दुगड विदेश गएको बेला छोपी सीइओ जनक शर्मा पौडेल र सञ्चालक शैलेन्द्र गुरागाईको चलखेलले राष्ट्र बैंक समेत छक्क परेको एक डिपुटी गर्भनरले बताए ।
सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई पदबाट हटाउने चलखेल शुरु भएको प्रष्टै देखिन्छ । दुगड विदेश गएको बेलामा सनराइज बैंकका असन्तुष्ट पक्षका सञ्चालक शैलेन्द्र गुरागाईले आफ्ना स्वार्थ अनुसार लागि परेको भेटिएको छ ।
गत मंगलबार दुगड बैंङ्लोर उडेकै दिन असन्तुष्टहरुले उनी विरुद्ध राष्ट्र बैंकमा चुक्ली मात्र लगाएनन् । उनीको नागरिकता समेत भाईबरमा पठाउन भ्याएका छन् । नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशन देवकुमार ढकालको भाइवरमा दुगडको नागरिकताको फोटोकपी पठाएको देखिन्छ ।
मोतीलाल दुगडलाई अध्यक्षबाट बिदा गर्दा आफू अध्यक्ष बन्न सकिन्छ भन्ने आकांक्षी देखाउँदै शैलेन्द्र गुरागाईले यस्तो गरेको फेला परेको छ ।नागरिकता अनुसार २०७६ जेठमा दुगडको उमेर ७४ वर्ष पूरा भएको जनाउँदै अब उनी पदमा बस्न पाउँछन् कि पाउँदैनन् । यो भने अर्को पक्ष हो ।
यस्तो छ मोतिलाल दुगडले २०२१ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट लिएको नगरिकता
मोतिलाल दुगडले २०२१ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट नगरिकता लिएको देखिन्छ । नागरिकता लिँदा उनको उमेर १९ वर्ष ८ महिना भएको जनाईएको छ । सोही आधारमा नागरिकता अनुसार उनी दुई महिनाअघि नै ७४ वर्ष पूरा भएको देखिन्छ ।
गत सोमबार राष्ट्र बैंकले जारी गरेको निर्दे्शिका अनुसार ७४ वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक पदमा वहाल रहन सक्ने छैन । बैंकको सञ्चालक पदमा वहाल रहन नसक्ने व्यक्ति अध्यक्ष पदमा पनि रहन नसक्ने राष्ट्र बैंकका प्रवत्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
मोतिलाल दुगड दुई कार्यकाल अध्यक्ष भएका छन् । उमेर हदका कारण बैंक छोड्नु परेपनि उनले इच्छाएको व्यक्तिलाई सञ्चालक बनाउन सक्ने अवस्था रहेको देखिन्छ ।
सम्बन्धित समाचार
