
सुन्दा पनि चकित पर्ने गरि कमाएका छन् । १३ वाणिज्य बैंकहरुले १ वर्षमा यस्तो लोभ लाग्दो नाफा ८ अर्ब चुक्ता पुँजी प¥याएका र स्थानीय तहमा शाखा सञ्जाल समेत पु¥याएका यी १३ वटा वाणिज्य बैंकहरुले सबै खर्च कटाएर १ वर्षमा २९ अर्ब ७५ करोड ३३ लाख ४४ हजार नाफा कमाएको देखिन्छ । नेपालको प्रभु गु्रपद्वारा संचालित प्रभु बैंकले सबै भन्दा बढि नाफा बृद्धि गरेको देखिन्छ ।
अघिल्लो वर्षको तुलना गर्ने हो भने प्रभू बैंकले १ सय १३ प्रतिशतले नाफा कमाएर सबैलाई चकित तुल्याएको छ । बैंकले पूराना किष्ट बैंक र ग्राण्ड बैंकका कर्जा उठाउन सफल भएपछि नाफामा छलाङ्ग नै मारेको देखिन्छ ।
गतवर्ष भन्दा दोब्बर २ अर्ब ५ करोड ५ लाख नाफा प्रभु बैंकले यो वर्ष कमाएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ७० प्रतिशत र माछापुच्छ्रैे बैंक लिमिटेडले ३६.३२ प्रतिशतले नाफा बढाएको देखिन्छ ।
यी बैंक पछिल्ला समय आक्रमक रुपमा अगाडी आएका छन् । विओकेमा सोहनदेव पन्त दक्ष र अनुभवी सीइओ छन् । उनीको अनुभवी बैंकिङ्गले बैंकले उच्च नाफा कमाउन सफल भएको भन्न पछि पर्नु हुँदैन ।
माछापुच्छ्रे बैंकमा युवा बैंकर सुमन शर्मा सीइओ छन् । भने डिपुटी सीइओ युवा बैंकर सन्तोष कोइराला छन् । यी दुईको खादिएको बैकिङ्ग अनुभवकै कारण बैंकले नाफामा छलाङ्ग मारेको देखिन्छ ।
नाफाको प्रतिशतमा प्रभू बैंक अगाडि छ । भने रकमको आधारमा कृषि विकास बैंक छ । यस्तै कारोबारको आधारमा कुमारी बैंकले नाफामा छmलाङ्ग मारेको देखिन्छ ।
कुमारी बैंकले १ अर्ब ३३ करोड ४० लाख ४६ हजार नाफा कमाएको छ । यस बैंकमा दक्ष र अनुभवी सीइओ सुरेन्द्र भण्डारी छन् । उनीकै अनुभवकै कारण प्रगति गरेको प्रष्टै देखिन्छ ।
सरकारी कृषि विकास बैंकले ४ अर्ब ३५ करोड ३२ लाख नाफा कर्माको छ । यो उच्च नाफा कमाएको हो । १३ बैंकमा यो बैंक १ नम्बरमा नाफा आर्जन गर्ने बैंक भित्र पर्दछ ।