जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभू र यूनियन लाईफ मान्छे मार्दै छ की बीमा गर्दैछन् अध्यक्ष चापागाई ज्यू ?

प्रभू र यूनियन लाईफ मान्छे मार्दै छ की बीमा गर्दैछन् अध्यक्ष चापागाई ज्यू ?

बीमा मरेपछि पाइन्छ भन्ने एउटा शब्दका कारण दर्जनौको हत्या भएका समाचार पछिल्लो समय आएका छन् । बीमा समितिसंग यसको उत्तर छ ? बीमा मरेपछि मात्रै पाइने हो । रोग लागे, दुर्घटना भए पाइदैन ? के अभिकर्ताहरुले बीमा मरेपछि पाइने शर्तमा बीमा लेख गरिएको हुन्छ । यी र यस्ता कुराकै उत्तर अब बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले दिनु पर्दछ की पर्दैन ।

अर्थमन्त्री डा.युवराज खतिवडा ज्यू तपाईसंग यसको उत्तर छ । वीमा आफैमा राम्रो कुरा हो तर, बीमा लेख गरेपछि छोरा, छोरी, श्रीमती, श्रीमानको हत्या गर्ने परम्पराको विकास भएको देखिन्छ । यसको भित्री रहस्य के हो ?

अभिकर्तालाई तालिम दिँदा बीमा रकम बीमित मरेपछि पाइने हो भनी बीमा लेख तयार गराउने बीमा कम्पनीहरुको सीइओ सावलाई किन कारवाही हुँदैन अध्यक्ष चापागाई ज्यू ?

हालै पोखरामा श्रीमतीको बीमा रकम पाउने लोभमा श्रीमानले हत्या गर्यो । रौतहतमा बाबुले छोरीको हत्या गर्यो । यी र यस्ता कुरामा बीमा समितिका अध्यक्षले चासो देखाउनेकी नदेखाउने ? यसको उत्तर अब कसले दिने हो । अर्थमन्त्री ज्यू ।

घटना यस्ता छन् । एक पछि अर्को हत्या बीमा रकमकै कारण भएको देखिन्छ । के नियमक निकाय टुलुटुलु हेरि बस्ने हो कि यथार्त के हो बुभि, कारवाही गर्ने हो । कमिशनको लोभमा लाईफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले बीमा रकम बीमित मरेपछि पाइने भन्दै करोडौको बीमा लेख बनाएर कमिशन लिने र हत्या सम्म हुँदा बीमा समिति चुप लाग्ने यो कस्तो बीमा हो ।

रौतहटका राम किशोर यादवले आफ्नै नावालक छोरीको हत्या गरे । एक मात्र कारण थियो बीमा रकम । उनले पहिले नावालक छोरीको बीमा गरे । छोरीको हत्या गरी बीमाको रकम दाबी गरे ।
पोखराका रमेश नेपालीले पनि एक करोड कमाउने लोभमा श्रीमतीको हत्या गरे । हत्यापछि श्रीमतीको बीमा बापतको १ करोड रुपैयाँ दावी गरे ।
केही वर्ष अगाडि एक अनाथाश्रमले बालकको बीमा रकम प्राप्त गर्न नियोजित रुपमा नावालकलाई छतबाट खसालेर हत्या गर्यो । यी र यस्ता घटना किन भए खोजी गर्नु जरुरी देखिन्छ ।

बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन् । सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समिति सचेत भई अध्ययन गरिरहेको छ कि छैन ?

खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधी नियत बढेको मात्रै छैन । मौलाएको पनि देखिन्छ ।

रौतहटमा आफ्नै छोरीको हत्या
रौतहटका रामकिशोर राय यादवले आफ्नै चार वर्षीया छोरी लक्ष्मी कुमारी यादवको हत्या गरे । हत्या गर्नु भन्दा एक महिना अगाडि उनले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँको बीमा गराएका थिए र उनीलाई अभिकर्ताले भनेका थिए रे बीमा मृत्यु पछि मात्रै पाइन्छ भनेर । यसैको कारण छोरीको हत्या गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लक्ष्मीको शव पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको शंका गर्दै छानविन गर्ने क्रममा बीमाको लागि हत्या गरिएको पत्ता लगाए । उनले जेठ १९ गते नियोजित रुपमै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ पाउन बीमा गराएका थिए । उनले पहिलो किस्ता बापत कम्पनीमा पौने दुई लाख रुपैयाँ बुझाएका थिए । हत्यारा बाबुले कान्छी छोरीको हत्या गरेर २५ लाख रुपैयाँ पाउने लोभमा यस्तो आपराधिक कार्य गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पोखरामा श्रीमतीको हत्या
पोखराका रमेश नेपालीले बीमाबाट रकम पाइने लोभमा श्रीमतीको हत्या गरे । उनले आफ्नी श्रीमती लक्ष्मी नेपालीको सुनियोजित रुपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड रुपैयाँको बीमा गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीको मृत्युपछि बीमा बापतको पैसा आउने लोभमा एक करोड रुपैयाँको बीमा गरेका थिए । कम्पनीले धेरै बीमा शुल्क पाउने लोभमा एकै पटक एक करोड रुपैयाँको बीमा गर्न राजी भयो । आयस्रोत नखोजी यूनियन लाईफ इन्स्यारेन्सले बीमा गरिदियो र घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

पोखराको घटनाबाट बीमितले एक करोड रुपैयाँको बीमा गर्दै गर्दा उसको आम्दानी हेर्नुपर्थ्यो । बीमा एक दुई वर्षको लागि मात्रै नभएर १५÷२० वर्षको दायित्व सिर्जना हुने व्यवसाय हो । यसले गर्दा उसले आगामी वर्षमा पनि तोकिएको बीमा शुल्क भूक्तानी गर्न सक्छ कि सक्दैन भनेर कम्पनीहरुले हेर्नु पर्दैन अध्यक्ष चिरनजीबी चापागाई ज्यू ।

बीमा पोलिसीमा रहेको छिद्रलाई प्रयोग गर्दै नाजायज फाइदा लिने व्यक्तिहरु बढ्दै गएका छन् । बीमाको सिद्धान्त अनुसार बीमा असल नियतका साथ गरिनु पर्छ । तर नियोजित रुपमा बीमा गर्ने २५ प्रतिशत कमिशन लिने अभिकर्ताहरु माथि कारवाही किन हुँदैन ।

अण्डरराइटिङ गर्ने प्रक्रियामा कडाइ भयो भने यस्ता विकृति हटेर जाने देखिन्छ । जसले बीमा गरेको छ उसँग प्रिमियम भूक्तानी गर्न सक्ने आर्थिक क्षमता छ कि छैन भन्ने हेर्नै पर्छ । बीमा एक वर्षकालागि मात्रै गरिने होइन । १५÷२० वर्षका लागि बीमा गर्दा त्यति लामो समयसम्म प्रिमियम भूक्तानी गर्न सक्छ कि सक्दैन भन्ने अध्ययन नगरी ठूलो रकमको बीमा गर्नु अपराध हो कि होइन अध्यक्ष चापागाई ज्यू ? नियोजित रुपमा ठूलो रकमको बीमा गरेर केही समयपछि बीमाबाटै पैसा कमाउने उद्देश्यले हत्या गर्ने अवस्था आउनु हुँदैन । तर, यस्तै भएको देखिन्छ ।

हकदाबी गर्ने व्यक्ति र बीमितको सम्बन्धलाई हेरिएन भने पनि आपराधिक गतिविधि बढ्न सक्छ । बीमा बचतसँगै जोखिमबाट सुरक्षाको लागि पनि हो । जोखिमको कभरेज हुने बाहानामा आपाराधिक गतिविधि रोक्न अभिकर्तालाई तालिम आवश्यक छ ।

कम्पनीहरुले व्यवसाय बढाउँदा बीमाका सर्वमान्य सिद्धान्तलाई पनि सँगसँगै पालना गर्नु पर्छ । पोलिसीमा समस्या नभएपनि बीमा गराउनेको नियतमा समस्या बढेको छ । गलत नियत राखेर अपराधै गरेर फाइदा लिन्छु भन्नेहरुका लागि जतिसुकै कडिकडाउ गरेपनि रोक्न सम्भव छैन तर कडा प्रावधानहरु भएमा निरुत्साहित गर्न सकिन्छ ।

बीमा गर्दा परिवारका अन्य सदस्यकोभन्दा पहिले घरमुलीको बीमा गरिनु पर्दछ । घरमा जसको धेरै आयस्रोत छ उसको बीमा गर्ने परिपाटी भएमा यस्ता किसिमका अपराधिक गतिविधि केही हदसम्म कम भएर जाने देखिन्छ ।

नयाँ आएका बीमा कम्पनीहरुले बजारमा आफ्नो अस्तित्व र व्यापार खोज्दा जसरी घटना भएका छन् । यो बीमा बजारको लागि राम्रो पक्कै होइन । राष्ट्र बैंकका पूर्व प्रवक्ता नारायण शर्मा पौडेल सीइओ रहेका प्रभु लाईफ इन्स्योरेन्स कम्पनी र नयाँ कम्पनी जसले १ वर्षमा २०० करोड व्यापार गरेको यूनियन लाईफ इन्स्योरेन्स कम्पनी माथी तत्कालै छानवीन गरी कारवाही गरिनु पर्दछ की पर्दैन बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई ज्यू ? सचेत भया ।

12315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका