

सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा गत वर्षको माघ २७ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको महालक्ष्मी लाईफले आफ्ना एजेन्सीहरुको राष्ट्रिय स्तरको सम्मान तथा उत्प्रेरणा भेला सम्पन्न गरेको छ ।
यही साउन २५ र २६ गते सौराहमा सम्पन्न भएको राष्ट्रिय सम्मान तथा उत्प्रेरणा भेलामा उत्कृष्ट व्यक्तिगत अभिकर्ताहरुलाई सम्मान गरिएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको भेलामा देशैभरिका ११५ जना बीमा अभिकर्ता (एजेन्सी)सहभागी थिए ।
महालक्ष्मी लाईफका अनुसार व्यवसायिक लक्ष्य पुरा गरेका अभिकर्ताहरुको सम्मान र उत्प्रेरणा दुवै कार्यक्रम एकसाथ आयोजना गरिएको हो । प्रख्यात प्रशिक्षक शोभा खरेलले उत्प्रेरणा कार्यक्रममा अभिकर्ताहरुलाई व्यवसायिक प्रतिस्पर्धा, बीमितलाई बीमाको बारेमा जनचेतना जगाउने तरिका, महालक्ष्मी लाईफको बीमा प्याकेजको बारेमा प्रशिक्षण दिएकी थिएन ।
राष्ट्रिय भेला कार्यक्रमले बीमा अभिकर्ताहरुका बीचमा अनुभव आदान प्रदान भएको र यसले अझ बद्धि बीमाको व्यापारमा बृद्धि हुने अपेक्षा गरिएको महालक्ष्मी लाईफले जनाएको छ ।
राष्ट्रिय भेलाबाट बीमा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिबृद्धि तथा नेतृत्व विकासमा योगदान पुगेको कम्पनीले जनाएको छ । महालक्ष्मी लाईफ स्थापनाको छोटो समयमा नै उल्लेख्य बीमा शुल्क हासिल गरी देशैभरि सञ्जाल विस्तार गर्न सफल कम्पनी हो ।
सम्बन्धित समाचार
