जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपाली बैंकिङ्ग इतिहासमा नेपाली महिलाहरुको नेतृत्व

नेपाली बैंकिङ्ग इतिहासमा नेपाली महिलाहरुको नेतृत्व

नेपालको बैकिङ्ग इतिहासमा महिला सीइओ भएका धेरै संस्था छैनन् । विकास बैंकमा केही महिला सीइओ भए पनि वाणिज्य बैंकको इतिहासमा पहिलो महिला सीइओ मेगा बैंक नेपाल लिमिटेडकी अनुपमा खुञ्जेलीले नाम लेखाएकी छिन् । अरु दर्जनौ महिलाले नेतृत्वमा पुग्न संघर्ष गरी रहेका छन् । पछिल्लो समय नेपाली बैंकिङ्ग क्षेत्रमा महिला बंैकरहरुको सहभागीता बढेको पाइन्छ ।

नेपालका २८ वाणिज्य बैंक मध्ये मेगा बैंक नेपाल लिमिटेडमा सीइओ, डिसीइओ लगायत सबैभन्दा बढि महिला कर्मचारी रहेको देखिन्छ । पछिलो र दोस्रो मेन महिला नै भएको मेगा बैंक एउटा महिला बैंकर उत्पादन गर्ने थलो बनेको देखिन्छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरुले प्रमुख नेतृत्वमा बसेर समेत कार्यभार सम्हालेका छन् । अहिले केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरुको संख्या बढीरहेको छ । सरकारी होस् वा निजीक्षेत्रका बैंकिङ क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका उदाहरण हामीसंग छन् ।

बैंकिङ एउटा त्यस्तो क्षेत्र हो जहाँ महिलाले पर्याप्त आम्दानीका अतिरिक्त सामाजिक प्रतिष्ठा प्राप्त गर्न सक्छन् । साथै, सुविधा र सामाजिक प्रतिस्ठाको हिसाबले बैंकिङ क्षेत्रको जागिरलाई आकर्षक रोजगारीको रुपमा लिइन्छ । त्यसैले पनि महिलाहरुको आकर्षण पनि बैंकिङ पछिल्लो समय देखिएको भन्न सकिन्छ ।

बैंकिङ पारदर्शी क्षेत्र हो जसमा कार्यकुशलता सोझै करिअर वृद्धिसँग जोडिन्छ । करिअर बनाउन चाहनेहरूका लागि बैंकिङ क्षेत्र सुनौलो भविष्यको राम्रो प्लेटर्फम पनि हो । पैसा र शक्तिभन्दा पनि अहिलेका युवाहरू केही गरेर देखाउन चाहन्छन् त्यो अवसर बैंकले दिन्छ ।

प्राय गरेर महिलाहरु बाहिर होस् या कार्यलयमा असुरक्षित महशुस गर्ने गर्दछन् । तर बैंकिङ क्षेत्र महिलाको लागि रोजगारीको धेरै राम्रो र सुरक्षित क्षेत्र मान्निछ । क्षमता प्रदर्शन गर्न सक्नेहरू छिटै माथि पुग्न सक्ने सम्भावना प्रबल हुन्छ । यो क्षेत्रमा सुविधामा महिला र पुरुष भनेर भेदभाव गरिँदैन ।

बैंक वित्तीय संस्थाभित्र पस्नासाथ काउन्टरमा प्रायः महिला कर्मचारी नै देखिन्छन् । अधिकांश बैंकमा महिला सहभागिता धेरै मात्र नभएर बैंकिङ क्षेत्रमा नेतृत्व गर्ने महिला पनि सक्षम छन भन्ने एक उदाहरण मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली बनेकी छिन् ।
केही समय अगाडि पूर्ण सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकमा अर्थ मन्त्रालयले श्रीमती शिवादेवी काफ्लेलाई बिगतमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

नेपाल राष्ट्र बैंकको कामु कार्यकारी निर्देशक पदबाट अवकाश भएपछि श्रीमती शिवादेवी काफ्लेलाई राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले प्रमुख कार्यकारी पदमा नियुक्ति दिएको थियो । उनले ४ महिनाभन्दा बढी समय राष्ट्रिय वाणिज्य बैंकको सिईओको कार्यभार सम्हालेकी थिइन ।
नेपालका वाणिज्य बैंकहरुमा कहा कति महिला सहभागिता छ हेरौंः–

नेपाल बैंक लिमिटेड
सरकारको प्रत्यक्ष स्वामित्वमा रहेको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको म्यानेजमेन्टतहमा दुई जना महिलाहरु रहेका छन् । जसमा एसिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा समता पन्त (भट्ट) रहेकी छिन् । त्यस्तै, प्रतिभा डंगोल प्रदेश २ कार्यालयमा चिफ म्यानेजरको रुपमा रहेकी छिन् ।

 कृषि विकास बैंक
सरकारकै लगानीमा रहेको कृषि विकास बैंकमा सञ्चालक समितिमा एक जना महिला रहेकी छन् । कृषि विकास बैंकको बोर्ड सदस्यको रुपमा रहेकी एकमात्र महिला हुन् इन्दिरा श्रेष्ठ (मास्के) । कृषि विकास बैंकको म्यानेजमेन्टतहमा भने कुनै महिलाहरुको सहभागीता रहेको छैन् ।

नविल बैंक
नविल बैंकको म्यानेजमेन्टतहको चिफ रिस्क अफिसरको रुपमा नमिता दिक्षित रहेकी छिन् भने कन्जुमर लेन्डिङः हाउजिङ तथा मोर्टगेजको म्यानेजरको रुपमा चाँदनी श्रेष्ठ रहेकी छिन् । त्यस्तै, इन्स्टिट्यूसनल बैंकिङ तथा डेभलोपमेन्ट अर्गानाईजेसन म्यानेजरको रुपमा सम्झना श्रेष्ठ रहेकी छिन् । नविल बैंकको वित्तीय कार्यालय प्रमुख अन्जुली श्रेष्ठ छिन् भने अपरेशनल रिस्क म्यानेजमेन्ट प्रमुखमा सावित्री दाहाल रहेकी छिन् । साथै, कम्प्लियन्स कार्यालयको व्यवस्थापकका रुपमा विनिता ढुङ्गाना रहेकी छिन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक
इन्भेष्टमेन्ट बैंकको म्यानेजमेन्टतह तर्फ जोखिम व्यवस्थापकमा सुजता जोशी रहेकी छिन् । त्यस्तै सिर्जना पाण्डे कर्पाेरेट म्यानेजरको रुपमा रहेकी छिन् भने कम्प्लियन्स व्यवस्थापकका रुपमा बन्दना थापा कार्यरत रहेकी छन् ।

बजार तथा बचततर्फ शोभा श्रेष्ठ छिन् भने कार्ड डिपार्टमा रीना चन्दले कार्यभार सम्हालेकी छिन् । साथै, दिना लामा मानव स्रोत साधनतर्फ छिन् भने उशा पाण्डे जेनेरल सर्भिसतर्फ रहेकी छिन् ।

रञ्जना श्रेष्ठ र मेनुका श्रेष्ठ बैंकल्पिक निर्देशक हुन्, जोखिम व्यवस्थापन कार्यालयका प्रमुखमा सिसम प्रधानाङ्ग जोशी, कम्प्लियन्स तथा इन्टर्नल कन्ट्रोल डिपार्टमेन्टका हेड भवानी घिमिरे कार्यरत रहेका छन् ।

स्ट्याण्डर्ड चार्टड बैंक
बैदेशिक लगानीमा रहेको स्ट्याण्डर्ड चार्टड बैंकको सञ्चालक समितीको निर्देशकमा करेना डि अल्विस रहेकी छिन् । बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको म्यानेजमेन्ट तहमा १ महिलाको सहभागीता रहेको छ । जसमा बैंकको काठमाडौँ क्षेत्रीय व्यवस्थापकका रुपमा रोशनी भारती रहेकी छिन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेशको म्यानेजमेन्ट तहको सह–प्रबन्धक का रुपमा सलोनीका सिंह रहेकी छिन् । यस्तै मानव संसाधन विभाग प्रमुखमा सरोजा कोईराला, क्रेडिट व्यवस्थापकमा चन्द्रा कुमारी श्रेष्ठ, कर्पोरेट सञ्चार तथा ब्रान्डिङ विभाग प्रमुखमा यात्री कोईराला कार्यरत रहेका छन् ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकमा विभागीय प्रमुखहरुमा महिला सहभागिता रहेको छ । बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुखमा जानुका ताम्राकार रहेकी छिन् भने कार्य सञ्चालन विभाग प्रमुखमा प्रिती लामा कार्यरत रहेकी हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंकको संचालक समितीमा १ जना महिलाको उपस्थिती रहेको छ । जसमा चन्दा कार्की बैंकले निर्देशक कार्यभार सम्हालेकी हुन् । साथै, बैंकको म्यानेजमेन्ट तहको चिफ एड्मिनिस्ट्रेटिभ अफिसरको रुपमा उमङ्ग शर्मा कार्यरत रहेकी छिन् ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकको उच्च पदमा १ जना महिलाको सहभागीता देखिएको छ । बैंकको रिप्रिजेन्टिङ जनरल पब्लिकको निर्देशकको रुपमा स्वाती रंगोता रहेकी हुन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

कुमारी बैंक
कुमारी बैंकको निर्देशकमा अनुराधा चौधरी रहेकी छिन् । साथै, बैंकको म्यानेजमेन्ट तहतर्फ रिना रिजाल डिपोजिट मार्के्टिङ तथा इन्स्टिट्यूसनल बैंकिङ प्रमुखमा छिन् भने कर्पाेरेट कम्यूनिकेसन प्रमुखमा सिपा रेग्मी रहेकी छिन् । यस्तै केन्द्रिय कार्यसञ्चालन प्रमुखमा नमिता शाक्य छिन् भने मेलमिलाप प्रमुखमा सरिता दवाडी र वित्त बजार प्रमुखमा निर्मिता हाडा कार्यरत रहेका छन् ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको सञ्चालक समितिमा प्रोफेसर डा. मंगला श्रेष्ठ इन्डिपेन्डेन्ट निर्देशक रहेकी छिन् । भने बैंक म्यानेजमेन्ट तर्फ मानव संशाधन विभाग प्रमुख बन्धना मानन्धर, ट्रेड फाइनान्स विभागमा अर्पणा लासेउल तथा वित्त व्यवस्थापकमा स्वेछा कार्की कार्यरत रहेकी छिन् ।

सनराइज बैंक
सनराइज बैंकको उच्च तहमा २ जना महिलाको सहभागीता रहेको छ । जसमा बैंकको निर्देशकमा शारादा शमार्म र म्याजेजमेन्ट तर्फ बैंकको कायम मुकायम कार्यकारी अधिकृतमा आशा राना अधिकारी र मार्केटिङ्ग प्रमुखमा रवीन आचार्य रहेकी हुन् ।

 सेन्चुरी कर्म्सियल बैंक
सेन्चुरी बैंकमा निर्देशकको रुपमा उमा कुमारी श्रेष्ठ रहेकी भने जोखिम व्यवस्थापन प्रमुखका रुपमा अनुपमा श्रेष्ठ मानन्धर रहेकी छिन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको उल्लेख्य सहभागीता देखिन्छ ।

माछापूच्छ्रे बैंक
माछापूच्छ्रे बैंकको उच्च तहमा इन्द्र थापा मेनेजर, रिचा पाण्डे, निलम गौतम पौडेल डेपुटी म्याजेर, मोहिनी प्रधान, प्रतिमा पाण्डे, रेश्मा शाक्य, मनिषा ज्ञवली, प्रवित्रा शाक्य, पुजा गोयल, याक्की भट्टचन, लक्ष्मी लामिछाने ढकाल अस्सिटेन्ट म्यानेजर सहित अन्य तहहरुमा बैंकका कर्मचारीहरु मध्ये महिलाको ५० प्रतिशत सहभागीता रहेको बैंकले दाबी गरेको छ ।

सानिमा बैंक
सानिमा बैंकको निर्देशकको रुपमा गायत्री थापा रहेकी छिन् । बैंकको म्यानेजमेन्ट तहको उच्च तहमा पनि चार जना महिलाको महिला सहभागीता रहेको छ । जसमा, क्रेडिट एडमिन एण्ड रिकभरीमा रोमिला कोइराला, क्रेडिट रिस्क प्रमुखमा रमा खड्का, प्राएरीटी बैंकिङ प्रमुखमा रमिला श्रेष्ठ र सञ्चालन प्रमुखमा सविना श्रेष्ठ रहेकी छिन् ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकमा बैंकको उच्च तहमा महिलाको सहभागीता शुन्य रहेको छ भने बैंकका अन्य तहहरुमा भने महिलाहरुको सहभागीता देख्न सकिन्छ । साथै बैंकका केही शाखा कार्यलयहरुका मूख्य म्यानेजमेन्ट, मार्केटिङ्गमा मृगीला खनाल छिन् भने महिलाहरुको सहभागिता देखिएको छ ।

बैंक अफ काठमाडौँ लिमिटेड
बैंक अफ काठमाडौँको सञ्चालक समिति तथा म्यानेजमेन्ट तहमा महिला सहभागिता शून्य छ । केही शाखा कार्यलयहरुका म्यानेजमेन्ट मुख्य तहमा भने महिलाहरुको सहभागिता देखिएको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको सञ्चालक समितिमा महिला सहभागिता छैन । म्यानेजमेन्ट तहमा भने महिलाहरुको सहभागिता देखिएको छ । बैंकको इन्टिग्रेटेड रिस्कक प्रमुखमा शैलजा ज्ञवाली कार्यरत रहेकी छिन् भने उनी लगायत बैंकको म्यानेजमेन्टतहमा अन्य केही महिलाहरुको पनि सहभागीता रहेका छ ।

एनएमबी बैंक
एनएमबी बैंकको मानव संसाधन तथा विजिनेश सपोर्टर अफिसर प्रमुखको रुपमा शबनम लिम्बु जोशी कार्यरत रहेकी छिन् । साथै बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि) बैंक
नेपाल क्रेडिट एण्ड कमर्श बैंकको डिपुटी सीइओ बन्दना पाठक रहेकी छिन । साथै बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

मेगा बैंक लिमिटेड
मेगा बैंकमा शिवा देवी काफ्ले बैंकको इन्डिपेन्डेन्ट डाइरेक्टरको रुपमा कार्यरत छिन भने अनुपमा कुञ्जेली प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् । त्यस्तै रवीना देशराज जोशी सहायक डेपुटी सीईओ, व्यवसाय विभाग प्रमुख प्रज्ञा पाण्डे, ग्लोबल मार्केट प्रमुखमा डेनी श्रेष्ठ, संसाधन विकास प्रमुखमा जेनु थापा कार्यरत रहेको देखिन्छ ।

 राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको डिपार्टमेन्ट चिफको रुपमा सरस्वती अधिकारी कार्यरत रहेकी छिन् । साथै, बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

जनता बैंक नेपाल
जनता बैंकमा मिना कुमारी सैंजु इन्डिपेन्डेन्ट डाईरेक्टरको रुपमा रहेकी छिन् । बैंकको उच्च म्यानेजमेन्ट तहका भने महिलाको सहभागीता रहेको छैन भने बैंकका अन्य म्यानेजमेन्ट तहमा महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको एसिस्टेन्ट जेनेरल म्यानेजरको रुपमा आरती राणाले कार्यभार सम्हालेकी छिन् । साथै बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता खासै देखिदैन ।

सिभिल बैंक
सिभिल बैंकको उच्च तहमा महिलाको सहभागीता देखिएको छैन भने बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता देख्न सकिन्छ ।

प्रभु बैंक
प्रभु बैंकको निर्देशकमा अम्बिका शर्मा लामिछाने र अन्जु अधिकारीले कार्यभार सम्हालेका छन् । यद्यपी, बैंकको उच्च म्यानेजमेन्ट उच्च तहमा महिलाको सहभागीता कम छ । एचआर हेड रश्मी पन्त छिन् । बैंकका अन्य म्यानेजमेन्ट तहहरुमा पनि महिलाहरुको सहभागीता उच्च देखिन्छ ।

हिमालयन बैंक
हिमालयन बैंकको संचालक समितमा २ जना महिलाको सहभागिता रहेको छ । बैंकको बैंकल्पिक निर्देशक पद रञ्जना श्रेष्ठ र मेनुका कार्यरत रहेका छन् । यस्तै बैंककोे उच्च म्यानेजमेन्ट तहमा पनि २ जना महिला नै कार्यरत रहेका छन् । जसमा बैंकको जोखिम व्यवस्थावन विभागीय प्रमुखमा सिसम प्रधानाङ्ग जोशी र अनुपालन तथा आन्तरिक नियन्त्रण विभागीय प्रमुखमा भवानी घिमिरे रहेकी छिन् ।
नेपालको बैकिङ्ग क्षेत्र महिलाहरुको बढ्दो सहभागीता देखिन्छ । अधिकाशं वाणिज्य बैंकहरुमा काउण्टर देखि रिसेप्सनमा महिला बैंकर देखिन्छ । यसले बैंकिङ्ग क्षेत्रमा महिलाको सहभागिताबारे प्रस्टै देख्न सकिन्छ ।

13825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका