जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • लुम्बिनी विकास बैंकको बोनस पारित

लुम्बिनी विकास बैंकको बोनस पारित

लुम्बिनी विकास बैंकले आफ्नो शेयधनीहरुले दिने बोनस पारित गरेको छ । सञ्चाकल समितिले प्रस्ताव गरेको १७.०७ प्रतिशत बोनस शेयर मंगलबार बसेको ११ औं वार्षिक साधारण सभाले पारित गरेको हो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले मङ्गलबार ११ औं वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट उक्त बोनस शेयरको प्रस्ताव पारित गरको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । १७ दशमलव ०७ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापूँजी  २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार रुपैयाँ  कायम हुनेछ । राष्ट्रिय स्तरको विकास बैंकले कायम गर्नुपर्ने चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन कम्पनीले बोनसको सहारा लिएको हो ।

कम्पनीले यस अघि पूँजीवृद्धिका लागि साविक भिबोर सोसाइटी डेभलपमेण्ट बैंकसँग एक आपसमा गाभिई २०७३ भदौ १७ गतेदेखि र सो पश्चात लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीसँग मर्जर कार्य सम्पन्न गरी लुम्बिनी विकास बैंकको नामबाट २०७४ असार २५ गतेदेखि एकिकृत कारोबार गर्दै आएको छ ।

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म कम्पनीले ५८ करोड ९७ लाख १ हजार रुपैयाँ  खुद नाफा गरेको छ । मङ्गलबारनै कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५÷०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई  निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका