जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नविल बैंकको नाफा ४ अर्ब २९ करोड

नविल बैंकको नाफा ४ अर्ब २९ करोड

नविल बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा अघिल्लाे वर्षकाे तुलनामा करिब ८ प्रतिशतले बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ९८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानीमा गरेको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ८ करोड रहेको छ ।

असार मसान्तसम्म बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.७४ प्रतिशत र सीडी रेसियो ७२.९० प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ८.०९ प्रतिशत रहेको छ ।

नविल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ९ अर्ब ३३ करोड रहेको छ । नविलको प्रतिसेयर आम्दानी भने गएको आवमा घटेको छ । बैंकको अघिल्लो आवमा प्रतिसेयर आम्दानी ४९.५१ रुपैयाँ थियो भने गएको आवमा यस्तो आम्दानी ४७.६५ रुपैंयाँ पुगेको छ ।

बैंकको स्प्रेडदर ४.४३ प्रतिशत कायम रहेको छ भने बैंकले आधार ब्याजदर ८.०९ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ६.१३ प्रतिशत रहेको छ ।

बैंकको साधारण सेयर मूल्य प्रतिकित्ता ८ सय रूपैयाँ छ भने प्रवद्र्धक सेयर मूल्य ७७२ रुपैयाँ रहेको छ ।

5600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका