जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०

हालको खबर

  • होमपेज
  • स्टान्डर्ड चाटर्ड बैंककाे नाफा दुई अर्ब ४९ करोड ५३ लाख

स्टान्डर्ड चाटर्ड बैंककाे नाफा दुई अर्ब ४९ करोड ५३ लाख

स्टान्डर्ड चाटर्ड बैंकले एक वर्षको अवधिमा दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद आम्दानी गरेको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा स्टाण्डर्ड चार्टड बैंकले करिब १४ प्रतिशतले मूनाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा बै्रक्ले २ अर्ब १८ करोड रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

अन्य सूचकहरुमा पनि बैंकले राम्रै सुधार गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २९ करोड ८० लाख हरेकोमा बढेर ३ अर्ब ५२ करोड ३१ लाख पुगेको छ । बैंकले जगेडा कोषमा पाँच अर्ब १७ करोड २८ लाख रुपैयाँ राखेको छ ।

गत आर्थिक वर्षमा बैंकले ७५ अर्ब ७३ करोड १५ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा बैंकले ६७ अर्ब छ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । निक्षेप संकलन १२.९३ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकले कर्जा लगानी ५३ अर्ब ११ करोड एक लाख पुर्याएको छ । अघिल्लो आर्थिक वर्ष ४४ अर्ब ५६ करोड १३ लाख कर्जा लगानी रहेकोमा १९.१८ प्रतिशतले बढेर ५३ अर्ब ११ करोड एक लाख पुर्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका