जोडिनुहोस
बुधबार, जेष्ठ १७, २०८०
बुधबार, जेष्ठ १७, २०८०
  • होमपेज
  • गर्भनर डा.नेपाल बेखुस : सीइओ मानन्धर खुस

गर्भनर डा.नेपाल बेखुस : सीइओ मानन्धर खुस

नेपाल राष्ट्र बैंकले निर्देशिका मार्फत सञ्चालक र सीइओको उमेर हद लागू गरेपछि सर्वोच्च अदालत पुगेका प्राइम बैंकले सीइओ नारायण दास मानन्धर सर्वोच्चको आदेशसंगै बैंकमा पुनः काममा फर्किएका छन् ।

बैंकका कर्मचारीहरुले सीइओ मानन्धरलाई फुलगुच्छाले स्वागत गर्दै खुशीयाली मनाएका छन् । यता राष्ट्र बैंकका गर्भनर डा. चिरनजीबी नेपालले भने सर्वोच्च अदालतको आदेशमा असुन्तुष्टि व्यक्त गरेका छन् । उनीले बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै उमेरहदको बिषयमा फैसला गर्दा राष्ट्र बैंकसंग कुनै पनि परामर्श नभएको जानकारी गराएका छन ।

बैंक वित्तीय संस्थाको नियामक भएकाले उमेर हद लगाउने अधिकार राष्ट्र बैंकसंग हुन्छ । हाम्रो निर्णयमा फैसला गर्दा अदालतले कुनै परामर्श नै हामीसंग गरेको छैन भन्दा असन्तुष्टि व्यक्त गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका संचालक ट्रष्टि भएको बताउदै गभर्नर नेपालले उनीहरुको व्यक्तिगत सम्पति नभएको स्पष्ट पारेका छन । ३ हजार २३५ अर्बको निक्षेपमा ८.६ प्रतिशत मात्रै संचालकको पुंजी भएको र करिब ९२ प्रतिशत पुंजी जनताको पैसा भएकाले जनताको सम्पति सुरक्षाको लागि उमेरहद लागू गरेका हौं । हाम्रो अरु स्वार्थ छैन । उनीले दाबी गरे ।

जनताको पैसाबाट तलब खाने सरकारी कर्मचारीको उमेरहद ५८ बर्ष छ भने जनताको पैसा चलाउनेलाई उमेरहद किन नलगाउने ?’ गभर्नर नेपालले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउदै बैठकमा प्रश्न गरेका थिए । उनले न्यायधिसको समेत उमेरहद ६५ बर्ष भएको बताउदै त्यहिअनुसार बैंकका सीईओको उमेरहद लागू गरिएको दाबी समेत गरेका छन् ।

१७ अर्ब भन्दा बढी अपचलन बहर १६ वटा बैंक वित्तीय संस्था समस्याग्रस्त भएको गभर्नर नेपालले फेरी त्यस्तो नहोस भनेर दिर्घकालिन सोचले उमेरहद लगाएको बताए ।

गभर्नर नेपालले जनताको पैसा चलाउनेलाई पनि सिस्टममा ल्याउनलाई उमेरहद लागू गरिएको समितिमा दाबी गरे आफ्नो असन्तुष्टि व्यक्त गर्दै आफू उक्त फैसलाबाट खुशी नभएको दुशी भएको बताए ।

यता सर्वाेच्च अदालतको अन्तरिम आदेशसँगै प्राइम बैंक लिमिटेडका सीइओ नारायणदास मानन्धर काममा फर्किएका छन् ।
गत साउन २० गते राष्ट्र बैंकले निर्देशिका जारी गर्दै बैंकका सीइओ र सञ्चालकको उमेर हद तोकेपछि प्राइम बैंकका सीइओ मानन्धर पदमुक्त भएका थिए ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा बैंक तथा वित्तीय संस्थाका प्रमख कार्यकारी अधिकृतको उमेर सीमा बढीमा ६५ वर्षसम्म काम गर्न पाउने व्यवस्था गरेको थियो ।

लगत्तै राष्ट्र बैंकको उक्त निर्दे्शिकामा भएको व्यवस्थाको विरुद्ध प्राइम बैंकका सीइओ मानन्धरले साउन २२ गते सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजालसले मानन्धरलाई काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिए लगत्तै सीइओ मानन्धरले बुधबार काममा फर्केका छन् ।

अदालतको आदेशसँगै मानन्धर काममा फर्कदा बैंकको निकै खुसियाली देखिएको थियो । जब मानन्धर ३ः२५ मा बैंकमा पुगे त्यो समयमा बैंकका निर्देशकदेखि अन्य सम्पूर्ण कर्मचारीहरुले सीइओलाई स्वागत गरेको दृश्य हेर्न लायक थियो । साच्चै भन्ने हो भने युद्ध नै जिते जस्तो गरि सबै खुशी देखिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका