जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नाफा रु. १ अर्ब २२ करोड

मुक्तिनाथ विकास बैंकको नाफा रु. १ अर्ब २२ करोड

मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड गरेको छ ।

विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ । हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका