

एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आव २०७४÷०७५ को चौथो त्रैमासको तुलनामा गत आवमा १० दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आवमा ११ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८१करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार मसान्तसम्ममा ६६ करोड ७५ लाख रुपैयाँ कुल आयगर्दा ५८ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको चुक्तापूँजी अघिल्लो आवको तुलनामा गत आवको चौथो त्रैमासमा ७ दशमलव ८ गुणा बढेर १ अर्ब ४ करोड २९ लाखरुपैयाँ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीकोकुल दाबि भुक्तानी रकम अघिल्लो आवको तुलनामा करीब ३ गुणा बढेर ३४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको भुक्तानी हुँन बाँकी रकम ९१ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ८३ प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात ६२ दशमलव ६१ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ.१३५ दशमलव ३३ प्रतिशत रहेको छ ।
सम्बन्धित समाचार
