जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०

भदौ १० गतेदेखि नाडा अटो शो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १० गतेदेखि १५ गतेसम्म सवारी साधन, पार्ट पूर्जाहरूको प्रदर्शनी गर्न नाडा अटो शो २०१९ गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने उक्त शोमा करिब १६० वटा स्टल र ब्लकहरू रहने भएका छन् । यस प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन लुब्रिकेन्ट, टायर, पार्ट पुर्जामा साथै राष्ट्रिय ब्राण्डका अटो साम्रगी उत्पादक एवं वस्तु सेवा प्रदायकको सहभागितासमेत रहने छ ।

शोमा २३ वटा ब्रान्डका चार पाङ्ग्रे, १९ वटा ब्रान्डका दुई पाङ्ग्रे, १२ वटा ब्रान्डका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्ट पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाको सहभागिता रहने छ ।

छ दिनसम्म चल्ने नाडा अटो शोमा लगभग ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस वर्ष टिकटको लक्की ड्रमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जीपी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल एक जनालाई उपहार दिने बताइएको छ ।यस प्रदर्शनीमा २ पाङग्रे र चार पाङग्रे वित्तिय संस्था अटो कम्पोनेट्स एवं ग्यारेज उपकरणहरूको छुट्टा छुट्टै प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?