जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ्ग  सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया,  सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२मा शाखा रहित सेवा सञ्चालनमा ल्याएको हो ।

त्यस्तैगरि, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेतीदोभान मा थप ९ शाखारहित बैंकिङ्ग  सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे  बैंक लिमिटेडको शाखा रहित बंैकिङ्ग सेवा १२१ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु लगायत १२१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग  सुबिधा  प्रदान गर्नुका साथै, बंैकको देशभर १५३ वटा एटीएमहरु मार्फत ग्राहक माहानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका