


नेपालका अधिकाशं वाणिज्य बैंकहरुले अहिले आफ्नो वित्तिय विवरण सर्वजनिक गरिसकेका छन् । सबै वाणिज्य बैंहरुको वित्तिय विवरण प्रगति उन्मुख देखिएको छ । अझ बैंकहरुले नाफा हजार लाख, करोडमा पनि नभई अर्बैमा कमाएका छन् । यो राम्रो कुरा पनि हो । तर हरेक वर्ष बैंकहरुको नाफा सक्कली हो कि नक्कली भन्ने कुरा आइरहन्छ । कारण हो बैंकहरुमा लगानी योग्य रकमको अभाव ।
ठूला बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो लगानीकर्ता शेयर होल्डरहरुलाई खुशी राख्नका लागि मात्रै हो कि साच्चैनै बैंकहरु नाफामा छन् त यो अब खोजी कै विषय बन्न पर्ने भएको छ । हरेक बर्ष बैंकले नाफाको तथ्याङ्क माथि देखाउने तर लगानी योग्य रकम छैन भन्दै ऋणीहरुलाई खाली हात फकाउने यो कस्तो शैली हो बैंकहरुको ?
बैंकहरुको नाफा अर्बौमा देखिदा पनि अधिकाशं बैंकहरु वाणिज्य बैंकहरु थप ऋण दिनसक्ने अवस्थामा छैनन् । राष्ट्र बैंकले २ प्रतिशत बफर क्यापिटल थप्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु झन समस्यामा परेका हुन् ।
२२ वटा बैंकको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी रेसियो) १५ प्रतिशतभन्दा कम छ । यी बैंकले थप पुँजी नहाले थप ऋण दिन सक्दैनन् । यसअघिको व्यवस्था अनुसार बैंकहरुको क्यापिटल एडुकेसी रेसियो ११ प्रतिशतभन्दा बढी हुनुपर्ने थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई गत साउन २० गते परिपत्र जारी गर्दै आगामी असार मसान्तसम्ममा २ प्रतिशत बफर क्यापिटल थप्न निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २ प्रतिशत बफर क्यापिटल थप्दा बैंकहरुको क्यापिटल एडुकेसी रेसियो १३ प्रतिशत हुन्छ । ‘गत आर्थिक वर्षको वित्तीय विवरणमा जुन जुन बैंकको १५ प्रतिशतभन्दा कम क्यापिटल एडुकेसी रेसियो छ, ती बैंकले पुँजी थप नगरेसम्म थप ऋण दिन नसक्ने एक बैंकरले बताए । ।
तर, बैंकहरुले ऋणपत्र जारी गरेर पुँजी थप गरेको अवस्थामा भने पुँजी पर्याप्तता अनुपात बढ्न गई ऋण दिने र नगद लाभांश दिने हैसियत हुन्छ । त्यसैगरी, बैंकहरुले गत वर्ष कमाएको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिएर भएपनि पुँजी पर्याप्तता अनुपात केही खुकुलो बनाउन सक्छन् । अहिले १२ प्रतिशतभन्दा कम क्यापिटल एडुकेसी रेसियो भएका बैंकलाई भने बोनस सेयर जारी गरेपछि पनि थप कर्जा विस्तार गर्न सक्न हम्मेहम्मे पर्छ । उनीहरुले थप कर्जा विस्तार गर्ने हो भने ऋणपत्र जारी गर्नैपर्ने देखिन्छ ।
बैंकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर दियो भने थप १ अर्ब २० करोड रुपैयाँ पुँजी थप हुन्छ । र, क्यापिटल एडुकेसी रेसियो झन खुकुलो हुन्छ । अनि ऋण विस्तार गर्न सक्छ ।बैंकहरूको पुँजी पर्याप्तता अनुपात कम हुनु भनेको लगानी गर्ने क्षमता घट्नु हो । यसलाई बढाउन हकप्रद, बोनस वा अग्राधिकार सेयर र ऋणपत्र जारी गर्न सकिन्छ ।
बैंकहरुले पुँजी परिचालनको माध्यम ऋणपत्रलाई बनाएका छन् । धेरैवटा बैंक ऋणपत्र निष्काशनको प्रक्रियामा छन् भने केही बैंकले यसअघि नै ऋणपत्र निष्काशन गरिसकेका छन् ।
बैंकले लिएको कुल जोखिममा उसले लगाउनुपर्ने पुँजीको अनुपातलाई पुँजी पर्याप्तता अनुपात भनिन्छ । बैंकहरूले गर्ने लगानीको जोखिम व्यवस्थापन गर्न अन्तर्रा्ष्ट्रियस्तरमा यस्तो मापदण्ड तोकिएको छ ।
नेपालमा ११ प्रतिशत क्यापिटल एडुकेसी र आगामी असारदेखि २ प्रतिशत बफर क्यापिटल गरेर कूल १३ प्रतिशत लगानीकर्ताको पुँजी लगाउनुपर्छ । यसको अर्थ के हो भने प्रत्येक १०० रुपैयाँ बराबरको जोखिम भारित सम्पत्तिमा बैंकका लगानीकर्ताले १३ रुपैयाँ रुपैयाँ पुँजी लगानी गर्नुपर्छ । बैंकहरुले संचालक, शेयर होल्डर तथा लगानीकर्ताहरुलाई धेरै नाफा कमाई खुशी बनाउन बैंकमा रहेको पैसा पुँजी अनुपातको ख्यालै नगरी लगानी गर्नाले यस्तो समस्या नेपालको वाणिज्य बैंकहरुको आइरहेको छ । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार
