आर्थिक विशेष
३ वटा बैंकको डिम्बेन्चर बिक्दा हिमालयन बैंकको किन बिकेन ?
ऋण पत्रको बजारले शेयर बजार खरानी


पछिल्ले समय नेपालको २८ वटा वाणिज्य बैंकहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋण–पत्र (डिम्बेन्चर) ३ अर्बको निस्कान गरी गरेपनि ३ अर्ब ६ करोडको आवेदन परेको बैंक स्रोतको दाबी छ ।
माछापुच्छ्र्रे बैंकसंगै एनएनबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंकले पनि ऋण–पत्र (डिम्बेन्चर) जारीका गरेको थियो । हिमालयन बैंक बाहेक यी ३ वटै माछापुच्छ्रे, एनआईसी एशिया र एनएमबी बैंक को ऋण पत्रमा माग भएभन्दा बढी आवेदन आएको बैंक स्रोतको दाबी छ । पछिल्लो समय हिमालयन बैंकमा विदेदशी लगानकर्ता फेरबदल भएपछि शेयर मुल्य घट्नुका साथै ऋण पत्र विक्री समेत नभएको देखिन्छ ।
एनआईसी एशिया बैंक स्रोतले भन्यो । हाम्रो माग भए भन्दा १ गुणा बढी आवेदन आएको छ । ३÷४ दिन भित्रै हामी सार्वनजिक गर्दछौं । यस्तै एनएमबी बैंक स्रोत भन्दछ । हामी आफैमा विदेशबाट ३ पटक कर्जा ल्याउने बैंक हौं । हामी ऋण पत्रि माग भन्दा दोब्बर बढि आवेदन आएको छ । हामी पत्रकार सम्मेलननै गरेर देखाउने छौं । यता माछापुच्छ्रे बैंकको उच्च स्रोतले भन्यो हामीले ३ अर्बको ऋण पत्र निष्कासन गरेका थियौं । ३ अर्ब ५ करोडको आवेदन आएको छ । हामीले ४÷५ दिन भित्रै रिजल्ट सार्वजनिक गर्नेछौं ।
पछिल्लो समय वाणिज्य बैंकहरुको ऋण पत्रको बढी नै आएपछि शेयर बजारको दोस्रो बजार सुनसान झै भएको अवस्था छ । शेयर घटेपछि लगानी कर्ताहरुले सुरक्षीत लगानी भन्दै १०÷१० प्रतिशतमा ऋण पत्रमा लगानी गरेको देखिन्छ ।
नेपालमा एकै व्यक्ति, एउटै संस्था वा समूहले धेरै बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने गरेको भेटिएको छ । एकै व्यक्तिले एक भन्दा बढि बैंक तथा वित्तिय संस्थामा लगानी गर्नु नराम्रो त होइन तर यसले अर्थतन्त्रमा भने ठूलै असर पार्दछ । एक व्यक्तिलाई ठूलो संकट पर्दा नेपालमा एक भन्दा बढि बैंक, वित्तिय संस्थाहरुमा ठुलो धक्का पर्न जान्छ । जसको उदाहरण अहिले शेयर बजार र बैंकहरुले जारी गरेको ऋण पत्र (डिम्बेन्चर)को कारोबार बाट देख्न सकिन्छ ।
यसरी लगानीकर्ताहरुले आफ्नो पैसालाई अब शेयरबाट निकाली बैंक तथा वित्तिय संस्थाहरुको ऋण–पत्र (डिम्बेन्चर) खरिदमा लागि रहेका छन् । जसले गर्दा शेयरको कारोबारमा ठुलो ह्रास आएको छ । दोस्रो बजारमा महंगा महंगा शेयर अहिले कौडिको भाउमा पनि विक्न गाह्रो भएको छ ।
एक शब्दमा भन्नु पर्दा शेयर बजार खरानी भयो भन्दा फरक नपर्ला । यसको मुख्य कारण नेपालमा लगानी गर्ने लगानीकर्ताहरु सीमित रहेको देख्न सकिन्छ । जसले शेयरबजारमा लगानी गरेका छन् । उनीहरुले लै बैंकको ऋण पत्र (डिम्बेन्चर) खरिद गर्ने गरेको भित्री रुपमा खुल्न आएको छ ।
सम्बन्धित समाचार
