जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकको नामको शेयर प्रभू र लक्ष्मी बैंकले किन्ने

राष्ट्र बैंकको नामको शेयर प्रभू र लक्ष्मी बैंकले किन्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को राष्ट्र बैंकको नाममा रहेको शेयर किन्न कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक लिमिटेड र प्रभू बैंक लिमिटेडले आवेदन लिएका छन् । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर लिलाममा राखेको ३ वटा बैंकले आवेदन दिएका हुन् ।

राष्ट्र बैंकका अनुसार नेप्सेको शेयर खरिदको लागि लक्ष्मी बैंक, प्रभु बैंक र कर्मचारी संचय कोषले आवेदन दिएका छन् । बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाहरुले मात्र आवेदन दिन पाउने गरि राष्ट्र बैंकले असार ३१ गतेदेखि यी शेयर लिलाममा राखेको थियो । राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्यूनतंम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको थियो ।

शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनु पर्ने प्रावधान थियो ।

राष्ट्र बैंकका अनुसार लिलाममा यी तिनै संस्थागत लगानीकर्ताले माग गरे जति शेयर पाएका छन् । राष्ट्र बैंकका अनुसार दुवै बैंकले समान ५ /५ प्रतिशत र संचय कोषले १० प्रतिशत शेयरको लागि आवेदन दिएको देखिन्छ ।
नेप्सेमा राष्ट्र बैंकको ३४ प्रतिशत स्वमित्व रहेकोमा राष्ट्र बैंकले सबै शेयर बिक्रि गर्न लिलामीको सूचना निकालेको हो । जस अनुसार यस पटक करिब २० प्रतिशत शेयर बिक्रि भएको र करिब १४ प्रतिशत अझै नभएको राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले आर्थिक कजार न्यूज डटकमसंग बताए ।

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको थियो। लिलाम प्रक्रिया संगै नेप्सेको केहि शेयर स्वामित्व लक्ष्मी बैंक, प्रभु बैंक, र कर्मचारी संचय कोषको रहने भएको देखिन्छ ।

11200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका