जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एन आई सी एशिया र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

एन आई सी एशिया र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

एन आई सी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै ग्राहक महानुभावहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९६ शाखा कार्यालयहरु, ३४१ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

7405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका