जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन

पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उनको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुग्नु भएको थियो ।

जेट्ली  अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना हुनु भएको थियो । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी भएका थिए । उनले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेका थिए।

उन सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गरेका थिए । उनको गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । एएनआई

6300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका